सडकमै धान राख्दा दुर्घटनाको जोखिम

रौतहट : रौतहटको जिल्लाको विभिन्न ठाउँमा यति वेला धान भित्र्याउने चटारो छ। धान ल्याएर किसानले घरअगाडि सडकमा राखेका कारण सवारी दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ रहेको छ।जिल्लाका मुख्य मुख्य सडकमा भन्दा जिल्लाका ग्रामीण भेगका सडकमा यति वेला धान थुपारेका कारण सवारी दुर्घटनाको जोखिम बढेको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ का बासिन्दा गणेश तिमलसिनाले बताए।चन्द्रपुर नगरपालिकाका गाउँका सडकमा अहिले धान थ्रेसर लगाउने, बाटोमै धान र पराल थुपार्ने गरेका कारण मोटरसाइकलमा आवतजावत गर्नेका लागि