प्रधानमन्त्री देउवाको गृहजिल्लामा सडकको बेहाल, दबाब दिन युवाले धान रोपे

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका युवाहरूले सडकमा धान रोपेका छन्। सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकामकै सडक हिलाम्मे हुँदासमेत जीर्ण सडक मर्मत नगरिएको भन्दै युवाहरूले शुक्रबार सडकमै धान रोपेका हुन्।पानी नपरेको बेलामा धुलाम्मे र पानी परेको बेलामा बाटो हिलाम्मे हुने र हिलोले हिँड्न समस्या भएको भन्दै सडकमै धान रोपेका स्थानीय युवा सुरत तमोलीले बताए।उनका अनुसार स्थानीयहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै दबाबस्वरूप धान रोपिएको हो। ‘नेत