काठमाडौं : मंगलबार दिउँसो १ बजे काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दलबलसहित रानीपोखरी पुगे। रानीपोखरी प्रवेशद्वारमा ताला लागेको थियो।
महानगर प्रहरीको डफ्फा र सुरक्षाकर्मीसहित पुगेका मेयर शाक्यले तुरुन्तै उपमेयर हरिप्रभा खड्गीलाई फोन गरे र सोधे, ‘ताला किन लगाउनुभएको?’
जवाफमा खड्गीले भनिन्, ‘मैले किन ताला लगाउनुपर्यो मेयरसा’ब, म त अवलोकन गरेर आएकी