जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका सफाइ कर्मचारीहरूले मेयर लालकिशोर साहको निवास अगाडि धर्ना दिएका छन्।आइतबार सफाइ कर्मचारीहरूले मेयर साहले आफूहरूमाथि अन्याय गरेको आरोप लगाउँदै साहविरुद्ध नारावाजीसमेत गरेका छन्।जनकपुरधाम उपमहानगरका सरसफाइ कर्मचारीहरूले आइतबार मेयर साहको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित निवास सामु धर्ना दिएका छन्।मेयर साहले आफूहरूलाई दुई महिना काममा लगाएर पुनः हटाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूको नारावाजीका कारण मेयर साह घण्टौंसम्म आफ्नो