पोखराका मेयर जिसीलाई हृदयाघात

पर्वत :  पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ। मेयर जिसीलाई शुक्रबार बिहान हृदयाघात भएको र अहिले  पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए।मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याउने तयारी भइरहेको बरालले बताए। 

सम्बन्धित सामग्री

पोखराका मेयर जिसीलाई हृदयाघात, थप उपचारका लागि काठमाडौं लगिदै

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ । हृदयाघातका कारण शरीरको दायाँ भागमा असर परेको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।