काठमाण्डाै – महाशिवरात्रि मेलापछि पशुपति क्षेत्रमा जम्मा भएको फोहाेर सफाइ गर्न थालिएको छ । वाग्मती सफाइ महाअभियानको ४०९औँ हप्तामा पशुपति क्षेत्रको हंसमण्डपमा सफाइ गरी २० मेट्रिकटन फोहाेर व्यवस्थापन गरिएको छ ।
महाशिवरात्रिका अवसरमा फागुन २७ गते हंसमण्डप क्षेत्रमा खाना खुवाउने, सांस्कृतिक कार्यक्रमसहित भक्ति सङ्गीतसमेत आयोजना गरिएको थियो । हंसमण्डप क्षेत्रमा प्लाष्टिक, कागजका प्लेट, प्लाष्टिक र कागजका गिलास, बोत्तललगायत फोहर यत्रतत्र फालिएका अवस्थामा वाग्मती सफाइ महाअभियानले सफा गरेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती स...