काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा एक सातादेखि फोहोर उठ्न सकेको छैन । फोहोर उठाउन नसक्दा दुर्गन्ध फैलिदै गएको हाे । स्थानीयहरूको अवरोधका कारण फोहोर उठ्न नसकेको हो । उपमहानगर वडा नम्बर १ दुधौरा खोला छेउमा पथलैया सामुदायिक वनको जग्गामा बसोबास गर्दै आएका स्थानीयले फोहोरका गाडी रोकेर अवरोध गरेपछि फोहोर उठ्न नसकेको हो । स्थानीयहरूले […]
बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहाेर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहाेर बोकेर गएका गाडीमाथि आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको बताइएको छ।
काठमाडौं उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन्। यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको उपत्यकाको फोहर आजबाट...
काठमाडाैं : बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो। सहरी विकास मन्त्रालयले फोहाेरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै कामपालाई केही दिन फोहोरको गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डङ्गुर पार […]
काठमाण्डाै – केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाण्डौ उपत्यकाको फोहाेर ढुवानीमा फेरि समस्या भएको छ । निरन्तर परेको पानीले काठमाण्डौदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडक भत्किँदा नियमित रूपमा फोहरका गाडी जान सकेका छैनन् ।
सामान्य अवस्थामा हरेक दिन तीन सयसम्म फोहरको गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । तर, लगातारको झरीले सडक भत्किँदा अहिले मुस्किलले एक सय गाडीले मात्र फोहर ओसारेका काठमाण्डौ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो । ...
फोहाेरको दीर्घकालीन व्यवस्थापन गर्ने सरकारको घोषणाले मूर्तरुप लिन सकेको छैन। उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहोर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन्।...
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ ।
नकुहिने फोहोरलाई भने सङ्कलन गर्ने गाडी आएपछि मात्र पठाउन महानगरपालिकाले आग्रह गरेको छ । फोहोर व्यवस्थापन गर्ने क्षेत्र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापनमा समस्या भएको भन्दै महानगरपालिकाले कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेको हो ।
महानगरपालिकाले सोमवार विज्ञप्ति निकालेर ल्याण्डफिल्ड साइटका स्थानीय बासिन्दालाई पनि फोहोरको व्यवस्थापनका लागि सहयोग गरिदिन आग्रह गरिएको छ । स्थानीय ब...
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ। कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ९१ जना कारबाहीमा परेका हुन्।
विशेषगरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्ष...