काठमाडाैं : बाटो मर्मतका कारण साबिकबमोजिम फोहाेर व्यवस्थापन हुन नसक्दा काठमाडौंका सडकमा फोहाेर थुप्रिन थालेकाे छ।सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहाेर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्य चोकमा फोहाेर थुप्रिन थालेको हो। मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहाेर थुप्रिन थालेको छ।यही असार ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहाेर ननिकाल्न आग्रह