कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गीता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ । सङ्गीताको फूलबारीमा आजभोलि तिहारका लागि फूल र माला किन्न आउने ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ । कलुवापुरमा उनले करिब आठ कट्ठा जमीनमा पुष्प खेती गरेकी छिन् । मागअनुसार फूल पुर्याउन हम्मेहम्मे परेको सङ्गीताले बताइन् । “तिहारका लागि फूलको माग असाध्यै छ, मागअनुसार फूल पु¥याउन सकिएको छैन”, उनले भनिन्, “सयपत्रीको आठ हजार बिरुवा रोपेको थिएँ, पहिलो पटक फूल खेती ग