मनग्य आम्दानीका लागि फूल खेती गरेका गुञ्जनगरका कमलप्रसाद अर्यालले डेढ बिघा जमिनमा फूलखेती गरेका छन्। बारी ढकमक्क फूलले ढाकेको छ। उनी दिनहुँ फूलबारीमा पुग्छन्। फुलेका फूलहरू देखेपछि उनी खिन्न हुन्छन्। मिहिनेत र खर्च गरेर उत्पादन गरेको फूल उनले बिक्री गर्न पाएनन्। बेच्न नपाउँदा बारीमै फूल ओइलिएको छ। उनले तीन ओटा फूल बिक्री गर्ने लक्ष्य लिएका थिए। अर्यालले डेढ बिघा जमिनमा ग्ल्याडिओलस लगाएका छन्। यो विवाह, उत्सव, पाहुना स्वागत सत्कारमा प्रयोग हुन्छ। कोभिड संक्रमणको जोखिमले सबै