काठमाडौँ । पछिल्लो समय नेपाली फिल्मको लगानी ‘बालुवामा पानी’सरह भइरहेको छ । एक दुई चलचित्र छोडेर भन्ने हो भने अधिकांशका लगानी ‘स्वाहा’ भएका छन् तर पनि फिल्म निर्माणको क्रमले रफ्तार लिइरहेकै छ । अझ नयाँ शैलीका साथ चलचित्र निर्माण हुने क्रममा बढ्दो छ ।कोरोना महामारीको वर्षलाई छोडेर हेर्ने हो भने नेपाली फिल्म बजारमा वार्षिक कम्तीमा ७० र बढीमा १२० फिल्म रिलिज भएको देखिन्छ । व्यावसायिक रूपमा सफल नभए पनि चलचित्र निर्माणमा बढ्दो ‘क्रेज’ ले अनेक प्रश्न उब्जाउने गर