ग्वार्को फ्लाईओभर : यसरी हुँदैछ काम

कोटेश्वरदेखि कलङ्कीसम्म चक्रपथ विस्तारको काम सम्पन्न भएपछि यसै योजना अन्तर्गत ग्वार्को, सातदोबाटो तथा एकान्तकुना जस्ता व्यस्त चोकहरुमा फ्लाईओभर निर्माणको योजना रहेको थियो । अहिले ग्वार्कोमा फ्लाईओभर बनाउने काम सुरु भएको छ । ग्वार्को चोकमा बन्दै गरेको फ्लाईओभर नेपाल  सरकारको १७ करोड रुपैयाँको लागतमा बन्न लागेको हो । सडक विभाग अन्तर्गत गुणस्तर तथा अनुन्धान तथा विकास केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठका अनुसार २०७८ माघमा सम्झौता भएर दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी आशीष, समानान्तर र रेलिग्रेन जेभीलाई ठेक्का परेको छ । फ्लाईओ...

सम्बन्धित सामग्री

ग्वार्को फ्लाई ओभर : बालकुमारी–सातदोबाटो सडक दैनिक ६ घण्टा बन्द

बिहीबारबाट सातदोबाटो–बालकुमारी सडक रातको समयमा ६ घण्टा बन्द हुने भएको छ। ग्वार्को फ्लाईओभर निर्माणका लागि काम गर्नुपर्ने भएकाले रातको समयमा उक्त सडकखण्ड बन्द हुने भएको हो।

ग्वार्को फ्लाईओभर निर्माण सुरु भएको पाँच महिनापछि डिजाइनमा समस्या !

ग्वार्को फ्लाईओभर निर्माण सुरु भएको ५ महिनापछि डिजाइजनमा समस्या देखिएपछि काम रोकिएको छ । इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत भएको ठेक्कामा निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि काम रोकिएको हो ।

ग्वार्कोमा फ्लाईओभर निर्माण : सडक खनेर अलपत्र पारिँदा जाममाथि जाम

सबैभन्दा बढी ट्राफिक जाम हुनेमा पर्छ, चक्रपथको ग्वार्को खण्ड । कार्यालय समय (बिहान र साँझ) मा जाम व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्छ । त्यसैले विकल्पका रूपमा फ्लाईओभर निर्माण थालिएको छ । तर, माघ २८ यता यो खण्ड अस्तव्यस्त बन्दै आएको छ ।

ग्वार्कोमा फ्लाईओभर : ठेक्का सम्झौता हुँदै

चक्रपथको कलंकी–कोटेश्वर सडकखण्डको ग्वार्कोमा फ्लाईओभर निर्माण गर्न २ साताभित्र सडक विभाग र निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेयर जेभीबीच सम्झौता हुने भएको छ । इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) पद्धतिमा आगामी २ वर्षभित्र फ्लाईओभर सम्पन्न गर्ने गरी विभागले ठेक्का सम्झौता गर्न लागेको हो । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा चार लेनको फ्लाईओभर बनाउन सडक विभागले गत असारमा टेन्डर निकालेको थियो । विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले गत बुधवार कम बीड प्रस्ताव गर्ने उक्त जो...

ग्वार्को फ्लाईओभर निर्माण गर्न ठेक्का सम्झौता हुँदै

काठमाडौं । चक्रपथको कलंकी–कोटेश्वर सडकखण्डको ग्वार्कोमा फ्लाईओभर निर्माण गर्न २ साताभित्र सडक विभाग र निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेयर जेभीबीच सम्झौता हुने भएको छ । इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) पद्धतिमा आगामी २ वर्षभित्र फ्लाईओभर सम्पन्न गर्ने गरी विभागले ठेक्का सम्झौता गर्न लागेको हो । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा चार लेनको फ्लाईओभर बनाउन सडक विभागले गत असारमा टेन्डर निकालेको थियो । विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले गत बुधवार कम बीड प्रस्ताव गर्ने उक्त जोइन्ट भेन्चर कम्पनीसँग ठेक्का गर्न सम्झौता गरिने केन्द्रका निर्देशक प्रभातकुमार झाले जानकारी दिए । अबको २ साताभित्र ठेक्का पाएको उक्त कम्पनीसँग ईपीसी पद्धतिमा ग्वार्को फ्लाईओभर निर्माण १७ करोड लगानीमा हुनेछ । ‘ग्वार्कोमा बन्ने फ्लाईओभर सम्झौताको चरणमा छ,’ झाले भने, ‘सातदोबाटो र एकान्तकुनामा बन्ने फ्लाइओभरका लागि आर्थिक सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेका छौं ।’ १ महीनाअघि यी दुई स्थानका फ्लाईओभरको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको उनले जानकारी दिए । चक्रपथकै एकान्तकुना र सातदोबाटोमा बन्ने फ्लाईओभरको विभागले अध्ययन तथा डिजाइन गरिसकेको छ । यद्यपि ती फ्लाईओभर पनि ईपीसी पद्धतिमा निर्माण हुने उनको भनाइ छ । अर्र्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेमा यो चालू आर्थिक वर्षमै ती २ फ्लाईओभर निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी गरिएको छ । यसैगरी गौशाला र कोटेश्वरमा बन्ने फ्लाइओभरको पनि अध्ययन भएको छ भने बानेश्वरमा बन्ने भनिएको फ्लाइओभरको अध्ययन भइरहेको झाले बताए । काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएका बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको हो । खासगरी फ्लाइओभर भनिए पनि विकसित देशमा जस्तो जटिलखाले संरचना नभई साधारणखालको ३५ मीटरको पुल बनाउने गरी विभागले डिजाइन तयार गरेको थियो । यद्यपि ईपीसी पद्धतिमा बन्ने भएपछि अब अन्तिम डिजाइन भने निर्माण कम्पनीले नै तयार गर्नेछ । चक्रपथको पहिलो खण्डको कलंकी–कोटेश्वर सडक चीन सरकारको सहयोगमा ८ लेनको बनिसकेको छ । त्यही सडकखण्डको ग्वार्काे चोकमा ४ लेनमा फ्लाईओभर बन्नेछ । ४५५ मीटर लामो फ्लाईओभरमध्ये उक्त सडकमाथि ३५ मीटरको पुल बन्नेछ । चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट उक्त फ्लाईओभर बनाउन रू. ३४ करोडको स्रोत सुनिश्चितता पाइसकेको छ ।