सिमरा विमानस्थलको धावन मार्ग मर्मतको काम समयमै सम्पन्न नहुने देखिएको छ । जेठ २४ गतेदेखि धावन मार्ग मर्मतको काम सुरु गरेको ठेकेदार कम्पनीले असार १२ गतेभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर अहिलेसम्म ४० प्रतिशत काम पनि पूरा हुन सकेको छैन ।एक हजार १९० मिटर धावनमार्ग मर्मतसम्भार, विमानस्थलको चारैतर्फ तारजाली र नाला निर्माणको ठेक्का लिएको सप्तकोशी जलाधार प्रालिले हालसम्म ६० मिटर धावनमार्ग मात्रै कालोपत्र गरेको छ । असार १२ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ४० प्रतिशत पनि का