बौद्धमार्गीहरुका लागि घान्द्रुकमा चार करोड लागतमा विद्यालय बनाइने

पर्वत : पर्यटकीय क्षेत्र तथा नेपाली चलचित्रको छायाङ्कनको लागि समेत रोजाइमा पर्दै गएको कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक स्थित ओप्लेंमा बौद्धमार्गीहरुका लागि चार करोडको लागतमा विद्यालय निर्माण हुने भएको छ।आगामी दुई वर्षमा सक्ने गरी विद्यालय (पाल डाकार छ्योईदुब लीङ) निर्माण हुने पाल ङाग्युर सङासङाग् छोइलिङ गुम्बा सराङकोटका धर्मगुरु गुप्ती गुरुङले बताए। उनका अनुसार १० रोपनीको क्षेत्रफलमा विद्यालय निर्माण हुने छ।विद्यालयसँगै सङ्ग्रहालय, चमेना गृह, छात्रावास, किचन तथा डाइनिङ हल, (छम) ग

सम्बन्धित सामग्री

भोजपुरमा कृष्णबहादुर राईले डेढ करोड खर्चेर बनाइदिए विद्यालय भवन

९ पुस, काठमाडौं । भोजपुरको पौवादुङ्मा गाउँपालिकाका कृष्णबहादुर राईले करिब डेढ करोड रुपैयाँ बराबरको विद्यालय भवन निर्माण गरिदिएका छन् । गाउँपालिकाको वडा नम्बर २ हाँबुका कृष्णबहादुरले सोही वडामा रहेको सितलादेवी आधारभूत विद्यालयको नयाँ भवन निर्माण गरिदिएका हुन् । कृष्णबहादुरले कक्षा ३ सम्म रहेको विद्यालयलाई ६ कोठे नयाँ पक्की भवन तथा बालबालिका खेल्नको लागि आवश्यक खेल […]

दुई विद्यालय भवन हस्तान्तरण

काठमाडौं– भारतीय राजदूतावासले दुई विद्यालय भवन हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारतको ५.५२३ करोड रुपैयाँ अनुदान सहयोगमा विद्यालय भवन निर्माण भएको हो । निर्माण भएको भवनमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय रहेका छन् । उक्त नवनिर्मित भवन विभिन्न […]

विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित

काठमाण्डौ – विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित भएको पाइएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार विश्वभर २५ करोड जना भन्दा धेरै बालबालिका विद्यालय शिक्षाबाट बञ्चित भएका हुन् । दक्षिण एसियामा ३ करोड ५० लाखभन्दा धेरै बालबालिका उमेर अनुसारको पूर्व प्राथमिक शिक्षामा उपस्थित छैनन् । संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनिसेफको प्रतिवेदनअनुसार पूर्वप्राथमिक शिक्षाबाट वञ्चित बालबालिकाको सङ्ख्या बढेका देशहरू ठूलो असमानताबाट ग्रसित छन् । न्यून आय भएका देशहरूमा पाँच जनामध्ये एक ...

विद्यालय सुधार गर्न १५ करोड ४४ लाख

गुल्मी विद्यालय सुधार गर्न झन्डै १६ करोड लगानी हुने भएको छ । विद्यालय सुधारका लागि गुल्मीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कुल १५ करोड ४४ लाख रुपैयाँ लगानी हुने भएको हो । गुल्मीमा उक्त बजेबटबाट ५९ विद्यालय सुधार हुने शिक्षा विकास तथा प्रविधि मन्त्रालयमा पठाइएको इकाइ प्रमुख लोकनाथ मरासिनीले बताए । जसमा विद्यालयका पक्की भवन […]

बागमती प्रदेश सरकार बजेट : विद्यालय बस खरिदको लागि ६ करोड

हेटौँडा- बागमती प्रदेश सरकारले विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष  २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले विद्यालयमा बालबालिकाको पहुँच बढाउन र उपस्थित नियमित गराउन विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको  बताए । उनले लोपोन्मुख, अति […]

साढे तीन करोड लगानीमा आठ विद्यालय भवन बन्दै

जुम्ला-एक पालिका एक पक्की विद्यालय भवन निर्माण गर्ने कार्यक्रमअनुसार चालू आवमा जुम्लामा साढे तीन करोड लगानीमा आठवटा पक्की विद्यालय भवन निर्माण हुने भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको लगानीमा सामाजिक विकास कार्यालय जुम्लामार्फत आठवटा पक्की विद्यालय भवन निर्माण हुन थालेका हुन् ।बढ्दो विद्यार्थीको चाप र भौतिक संरचना अभावले पठन पाठनमा समस्या भएका […]

विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड अपुग

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न १ अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड रकम अपुग भएको हो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अधिकारीले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ब्रिफिङ गर्दै सो कुराको जानकारी दिएका हुन् ।मन्त्री पौडेललाई बुझाइएको विवरणमा हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत ५ हजार ५६४, निर्माण व्यवसा

विद्यालय बन्द भएको बेला समेत दिवा खाजाको २० करोड निकासा

प्रदेश २ मा रहेको कतिपय विद्यालयले कोभिड संकटमा विद्यालय बन्द रहेको अवस्थामा समेत दिवा खाजा कार्यक्रम अन्र्तगत नगद वितरण गरेको पाईएको छ ।धनुषा, रौतहट, सलाही जिल्लाका कतिपय स्थानीय तहले बिद्यालय बन्द रहेको बेला समेत २० करोड रुपैया भन्दा बढी निकासा गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।गत वर्षको चैतमा विद्यालय बन्द भएको अवस्थामा समेत कोभिडको […]

१० करोड लागतमा भारतद्वारा दुई विद्यालय र एक क्याम्पस भवन निर्माण

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न श्री रम्भा उच्च माध्यमिक विद्यालय, श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय र श्री नव आदर्श बहुमुखी क्याम्पसका नवनिर्मित भवनहरूको शुक्रबार उद्घाटन गरिएको छ । ९ करोड ८३ लाख रूपैयाँ लागतमा निर्माण गरिएका भवनहरूको भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल, जिल्ला समन्वय समिति, पाल्पा, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले भर्चुअल माध्यमद्वारा उद्घाटन गरेका हुन् ।पाल्पा जिल्लाको ताहुँ गाउँ विकास समितिमा