विद्यालय सुधार गर्न १५ करोड ४४ लाख

गुल्मी विद्यालय सुधार गर्न झन्डै १६ करोड लगानी हुने भएको छ । विद्यालय सुधारका लागि गुल्मीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कुल १५ करोड ४४ लाख रुपैयाँ लगानी हुने भएको हो । गुल्मीमा उक्त बजेबटबाट ५९ विद्यालय सुधार हुने शिक्षा विकास तथा प्रविधि मन्त्रालयमा पठाइएको इकाइ प्रमुख लोकनाथ मरासिनीले बताए । जसमा विद्यालयका पक्की भवन […]

सम्बन्धित सामग्री

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा म्याग्दीका २१ विद्यालय

म्याग्दी । म्याग्दीका २१ विद्यालय चालु आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट देशभर कार्यक्रम सञ्चालन हुने विद्यालयको विवरण सार्वजनिक गरेको थियो । जसअन्तर्गत म्याग्दीका २१ विद्यालयले भौतिक तथा शैक्षिक सुधारका लागि रु पाँच करोड ५३ लाख बजेट प्राप्त […]

म्याग्दीका २१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

म्याग्दीका २१ विद्यालय चालु आर्थिक वर्ष २०७९–८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट देशभर कार्यक्रम सञ्चालन हुने विद्यालयको विवरण सार्वजनिक गरेको थियो । जसअन्तर्गत म्याग्दीका २१ विद्यालयले भौतिक तथा शैक्षिक सुधारका लागि रु पाँच करोड ५३ लाख बजेट प्राप्त गरेका हुन् । ६ वटा विद्यालयमा चारकोठे भवन, सात वटामा दुईकोठे र १२ वटामा सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएका हुन् । चारकोठ

पढ्दै कमाउँदै कार्यक्रम : विद्यार्थीलाई उद्यमी बनाउन हरेक स्कुलले १० लाख पाउने

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि १ सय ४० सामुदायिक विद्यालय छनोट गरेको छ। निर्देशक समितिको चैत ८ गते बसेको बैठकले छनोट गरेको सामुदायिक विद्यालयमा काठमाडौंदेखि विकट ठाउँका हुम्ला, जुम्ला, बाजुरा, अछामलगायत जिल्लाका विद्यालय परेका छन्। स्रोत विकास केन्द्रका अनुसार यो कार्यक्रमका लागि १४ करोड रूपैयाँ विनियोजन भएको छ।यो बजेट यी छनोट भएका जिल्लामा १० लाखका दरले उपलब्ध गराइनेछ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : सुनसरीमा ६७ विद्यालय छानिए

धरान (अस) । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शैक्षिक पूर्वाधारका लागि सुनसरीका ६७ विद्यालय छानिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १२ पालिकाबाट ६७  विद्यालय छनोटमा परेका हुन् । छनोटमा परेका विद्यालयहरूमा २१ ओटा विद्यालयमा चारकोठे भवन, २७ विद्यालयमा आइसिटी कक्षा सञ्चालन, तीनओटा विद्यालयमा ल्याब स्थापना, १६ ओटा विद्यालयमा दुईकोठे भवन निर्माणका लागि कुल १२ करोड ४९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय ६ लाख ५० हजार, ल्याबका लागि १० लाख, दुईकोठे कक्षाकोठा निर्माण गर्न १८ लाख र चारकोठे कक्षाकोठाका लागि ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ । छनोटमा परेको धरान उपमहानगरपालिका १३ विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि ८ ओटा विद्यालय, आइसिटी कक्षा सञ्चालन गर्न चार विद्यालय र ल्याब स्थापनाका लागि एक विद्यालय छनोट भएका छन् । इटहरीमा परेका ७ विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि १, दुईकोठे भवन निमार्णका लागि दुई र आइसिटी कक्षा सञ्चालनका लागि चार विद्यालय छनोटमा परेका छन् । वराहक्षेत्रका ८ विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि दुई, दुईकोठे भवन निर्माणका लागि तीन र आइसिटी कक्षा सञ्चालनका लागि ३ विद्यालय छनोटमा परेका छन् । रामधुनीका पाँच विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि एक, दुईकोठे भवन निर्माणका लागि एक र आइसिटी कक्षा सञ्चालनका लागि तीन विद्यालय छनोटमा परेका छन् । यसैगरी जिल्लाका दुहबी, इनरुवा, बर्जु, गढी, हरिनगर, भोक्राह, देवागञ्ज, कोशीका विभिन्न विद्यालय कार्यक्रमका लागि छनोट भएका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : सुनसरीमा ६७ विद्यालय छानिए

धरान (अस) । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शैक्षिक पूर्वाधारका लागि सुनसरीका ६७ विद्यालय छानिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १२ पालिकाबाट ६७  विद्यालय छनोटमा परेका हुन् । छनोटमा परेका विद्यालयहरूमा २१ ओटा विद्यालयमा चारकोठे भवन, २७ विद्यालयमा आइसिटी कक्षा सञ्चालन, तीनओटा विद्यालयमा ल्याब स्थापना, १६ ओटा विद्यालयमा दुईकोठे भवन निर्माणका लागि कुल १२ करोड ४९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय ६ लाख ५० हजार, ल्याबका लागि १० लाख, दुईकोठे कक्षाकोठा निर्माण गर्न १८ लाख र चारकोठे कक्षाकोठाका लागि ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ । छनोटमा परेको धरान उपमहानगरपालिका १३ विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि ८ ओटा विद्यालय, आइसिटी कक्षा सञ्चालन गर्न चार विद्यालय र ल्याब स्थापनाका लागि एक विद्यालय छनोट भएका छन् । इटहरीमा परेका ७ विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि १, दुईकोठे भवन निमार्णका लागि दुई र आइसिटी कक्षा सञ्चालनका लागि चार विद्यालय छनोटमा परेका छन् । वराहक्षेत्रका ८ विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि दुई, दुईकोठे भवन निर्माणका लागि तीन र आइसिटी कक्षा सञ्चालनका लागि ३ विद्यालय छनोटमा परेका छन् । रामधुनीका पाँच विद्यालयमध्ये चारकोठे भवन निर्माणका लागि एक, दुईकोठे भवन निर्माणका लागि एक र आइसिटी कक्षा सञ्चालनका लागि तीन विद्यालय छनोटमा परेका छन् ।

बागलुङका १ सय १९ विद्यालयलाई २४ करोड

बागलुङ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङका १ सय १९ विद्यालयले बजेट पाउने भएकाछन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ विद्यालय छनौटमा पर्दा बागलुङका १ सय १९ विद्यालय छनौटमा परेका हुन् । विद्यालयका लागि २४ करोड ७ लाख ५० हजार रुपैया बजेट स्वीकृत भएको हो । शिक्षा, विज्ञान […]

लमजुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ३२ विद्यालय छनोट

यहाँका ३२ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार छनोट परेका विद्यालयले रु ६ करोड २१ लाख अनुदान पाउने छन्  ।जिल्लाका छनोटमा परेका विद्यालयमध्ये बेँसीशहर नगरपालिकामा छ , सुन्दरबजार नगरपालिकामा पाँच, मध्य नेपाल नगरपालिकामा चार, राइनास नगरपालिकामा– आठ, दोर्दी गाउँपालिकाका पाँच, दूधपोखरी गाउँपालिकामा एक र मर्स्याङ्दी गाउँपालिकाका–३ विद्यालय छनोट भएका छन्  । क्व्

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ३२ विद्यालय छनोट

लमजुङ । यहाँका ३२ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार छनोट परेका विद्यालयले रु ६ करोड २१ लाख अनुदान पाउने छन् । जिल्लाका छनोटमा परेका विद्यालयमध्ये बेँसीशहर नगरपालिकामा छ , सुन्दरबजार नगरपालिकामा पाँच , मध्यनेपाल नगरपालिकामा चार, राइनास नगरपालिकामा– आठ, […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५४ सामुदायिक विद्यालय छनोट

तनहुँ, ५ बैशाख । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लामा ५४ सामुदायिक विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका नौ स्थानीय तहका विद्यालय छनोट गरेको हो । सो कार्यक्रमका लागि रु सात करोड ३१ लाख बजेटसमेत विनियोजन गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार […]