१० करोड लागतमा भारतद्वारा दुई विद्यालय र एक क्याम्पस भवन निर्माण

 भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न श्री रम्भा उच्च माध्यमिक विद्यालय, श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय र श्री नव आदर्श बहुमुखी क्याम्पसका नवनिर्मित भवनहरूको शुक्रबार उद्घाटन गरिएको छ । ९ करोड ८३ लाख रूपैयाँ लागतमा निर्माण गरिएका भवनहरूको भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल, जिल्ला समन्वय समिति, पाल्पा, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले भर्चुअल माध्यमद्वारा उद्घाटन गरेका हुन् ।पाल्पा जिल्लाको ताहुँ गाउँ विकास समितिमा

सम्बन्धित सामग्री

दुई विद्यालय भवन हस्तान्तरण

काठमाडौं– भारतीय राजदूतावासले दुई विद्यालय भवन हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारतको ५.५२३ करोड रुपैयाँ अनुदान सहयोगमा विद्यालय भवन निर्माण भएको हो । निर्माण भएको भवनमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय रहेका छन् । उक्त नवनिर्मित भवन विभिन्न […]

समुदायको अगुवाईमा साढे तीन कराेडकाे विद्यालय भवन

म्याग्दी– बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयमा समुदायको अगुवाईमा विद्यालय भवन निर्माण गरिएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीबासीको सक्रियतामा २२ कोठे विद्यालय भवन पुनर्निर्माण गरेका हुन् । वि.स. २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई […]

विद्यालय भवन पुनर्निर्माणमा अनियमितता

काठमाडौं । विद्यालय भवन पुनर्निर्माणमा ७० लाख रुपैयाँ अनियमित भएको भन्दै आवश्य छनबिन गरि अनियमित कार्यमा समलग्न व्यक्तिहरु माथी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको हो । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका ३ स्थित श्री महेन्द्र कान्ति माध्यामिक विद्यालयको भवन २०७२ सालको भूकम्पले पुर्ण रुपमा क्षती पुर्याको हुँदा उक्त विद्यालय भवन पुनर्निर्माणको […]

विद्यालय भवन हस्तान्तरण

धुलिखेल, १३ वैशाख । बेथानचोक गाउँपालिकाको कामीडाँडास्थित कपेर आधारभूत विद्यालयको भवन हस्तान्तरण गरिएको छ । विसं २०७२ को गोर्खा भूकम्पले सो विद्यालय भवन क्षतिग्रस्त भएको थियो । करिव रु एक करोड २७ लाख ८० हजार लागतमा सो विद्यालय भवन पुनःनिर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर तामाङले जानकारी दिए । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले […]

प्रवासीको नेतृत्वमा विद्यालय भवन पुनर्निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुनर्निर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको अगुवाइमा पुनर्निर्माण गरिएको हो । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर वि.सं २०७५ सालदेखि सुरु भएको विद्यालय भवन पुनर्निर्माण अभियानअन्तर्गत विद्यालय भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा […]

धमाधम नयाँ विद्यालय भवन उद्घाटन

२०७२ को भूकम्पले क्षति भएकामध्ये दाताको अनुदानमा निर्माण भइरहेका अधुरा विद्यालय भवन धमाधम उद्घाटन हुन थालेका छन् । दोलखाका १० वटा सामुदायिक विद्यालय भवनमध्ये एक हप्ताको बीचमा तीनवटा भवन पूरा भएर विद्यालयलाई चाबी हस्तान्तरण गरेको छ । विगू गाउँपालिका–४ को चित्रे मावि र कालिञ्चोक गाउँपालिका–६ को जनज्योती माविको भवन हस्तान्तरण भयो । भवन हस्तान्तरणपछि विद्यार्थीको […]

हुम्लाको पैमामा उपभोक्ताले बनाए विद्यालय भवन

सिमकोट – बस्ती भएर पनि विद्यालय भवन नभएको कर्णाली करिडोरको मुख्य सडकस्थित पैमामा नयाँ भवन छोटो समयमै निर्माण गरिएको छ। स्थानीयको मागअनुसार गाउँपालिकाबाट योजना स्वीकृत भएर बजेट बिनियोजित भए पनि निकासै नलिएर उधारोमा भवन निर्माण सम्पन्न भएको हो। ताँजाकोट गाउँपालिका–४ को पैमाका स्थानीय नरवीर थापाले निर्माण सुरु गरेको दुई महिनामा विद्यालय भवन सम्पन्न भएको बताए। […]

काभ्रेका ६ वटा विद्यालय भवन एकैसाथ हस्तान्तरण

बनेपा । भूकम्पपछि भारतीय दूतावासको आर्थिक सहयोगमा पुनःनिर्माण गरिएका काभ्रेपलाञ्चोकका छ विद्यालय भवन आज विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । जिल्लाका चौरीदेउराली गाउँपालिकास्थित खाँडादेवी माध्यमिक विद्यालय, पाँचखाल नगरपालिकाभित्रका आजाद माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय र दुग्धेश्वर माध्यमिक विद्यालय, पनौती नगरपालिकाका शारदा माध्यमिक विद्यालय तथा बनेपा नगरपालिकाका आजाद माध्यमिक विद्यालयको भवन निर्माण कार्यसम्पन्न भएपश्चात् आज […]

१५६ विद्यालय भवन पुनः निर्माण

लमजुङ । गोरखा भूकम्पले क्षति पुर्‍याएका १५६ विद्यालय भवन पुनः निर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले क्षति बनाएको १३१ विद्यालयका १५६ भवन पुनः निर्माण सम्पन्न भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) प्रमुख अशोक पराजुलीले जानकारी दिए । उनले भने, ‘हालसम्म ९९ प्रतिशत विद्यालय भवन पुनः […]

विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबीचको टकरावले विद्यालय भवन अलपत्र

विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबिचको टकरावका कारण ताप्लेजुङको एक निर्माणाधीन विद्यालय भवन अलपत्र बनेको छ । पाँच बर्ष अघि निर्माण थालिएको आठराई त्रिवेणी गाउँपालिका १ निघुरादिन स्थित परमसिङदेवी माविको भवन अलपत्र बनेको हो । तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकमले विद्यालयले चार कोठाको दुई तले भवन निर्माण शुरु गरेको भएपनि रकम अभावका कारण सम्पन्न गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन पोमु लिम्बुले बताए । विद्यालयलाई शिक्षा कार्यालयबाट छुट्याइएको ३६ लाख मध्ये करिब