काठमाण्डौ – विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित भएको पाइएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार विश्वभर २५ करोड जना भन्दा धेरै बालबालिका विद्यालय शिक्षाबाट बञ्चित भएका हुन् । दक्षिण एसियामा ३ करोड ५० लाखभन्दा धेरै बालबालिका उमेर अनुसारको पूर्व प्राथमिक शिक्षामा उपस्थित छैनन् ।
संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनिसेफको प्रतिवेदनअनुसार पूर्वप्राथमिक शिक्षाबाट वञ्चित बालबालिकाको सङ्ख्या बढेका देशहरू ठूलो असमानताबाट ग्रसित छन् । न्यून आय भएका देशहरूमा पाँच जनामध्ये एक ...