अहिले विश्वभर उमेर पुगेका २२ करोड २० लाख बालबालिका विद्यालय जानबाट वञ्चित रहेका संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले यही हप्ता प्रकाशन गरेको प्रतिवेदनमा दीर्घकालीन द्वन्द्व, आपतकालीन परिस्थिति, खडेरी, गरिबी लगायतका कारण २२ करोड २० जना बालबालिका विद्यालय जान नपाएका उल्लेख छ ।
यस अघि सन् २०१६ मा विद्यालय उमेर भएर पनि विद्यालय जान नपाएकाहरुको संख्या सात करोड ५० लाख थियो । विद्यालय जान नपाएका बालबालिकाको ५४ प्रतिशत बालिकाहरु रहेका छन् । विद्यालय जान नपाउनेमध्ये १७ प्रतिशत विस्थापित भएका ...