सार्वजनिक यातायातको भाडा समायोजनको विषयमा यातायात व्यवस्था विभागले अध्ययन गरेको छ । सो प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाइएको विभागले जनाएको छ ।विगतको पाँच वर्षको पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सवारी साधनको पार्टपुर्जा लगायतको मूल्यवृद्धिसहित १२ सुचकको वैज्ञानिक सूत्र अनुसार मूल्यवृद्धिको अवस्था हेरेर प्रतिवेदन मन्त्रालयमा पेश गरिएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । आफूहरुले भाडा बढाउने वा नबढाउने भन्नेबारे केही पनि नभनेको बताउँदै उनले मूल्य