यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभाग मातहत राख्न प्रस्ताव गरेको छ । बुधबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा विभागका महानिर्देशक नमराज घिमिरेले सवारीको क्षेत्रमा काम गर्ने निकाय र सडकमा सवारी व्यवस्थापनको काम गर्ने निकाय फरक फरक भएकोले सडकमा सवारी व्यवस्थापनमा तालमेल नमिलेको बताए । उनले ऐनमा सडकमा सवारी व्यवस्थापनका लागि यातायात निरिक्षक राख्नुपर्ने व्यवस्था रहेको बताउँदै ऐनको कार्यान्वयन हुन नसकेको बताए । उनले भारतमा यातायात निरीक्षकले नै सडकमा सवारीको व