सार्वजनिक यातायातको भाडा बढाउने तयारीमा यातायात व्यवस्था विभाग

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाउने तयारी थालेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश सरकारसँग छलफल तथा समन्वय गरी विभागले भाडादर समायोजन गर्न लागेको हो।  सरकारले पेट्रोलियम पदार्थमा...

सम्बन्धित सामग्री

दशैँका लागि असोज १० बाट बसको अग्रिम टिकट बुकिङ खुल्ने

दशैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको लागि असोज १० देखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यावसायीबीच अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो ।विभागले असोज दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैँको अग्रिम टिकट बुकिङ खुलाउन गरेको प्रस्तावमा व्यवसायीहरू सकारात्मक नभएपनि विभागले भने अनुसार नै अन्तिममा आएर व्यवसायीहरु असोज १० बाट अग्रिम टिकट बुकिङ खुलाउन सहमत भएका हुन् ।सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार सुरक्षित यात्राका लागि सहज होस् भनेर अग्रिम टिकट बुकिङ खुल्ला गरिएको बताए ।लामो दूरीका सार्वजनिक यातायातको भाडा समायोजन भईसकेपनि छोटो दूरीका सवारीको भाडा पूरानै कायम रहेकाले व्यवसायीहरुले सरकारसँग छोटो दूरीका सार्वजनिक यातायातको भाडा पनि समायोजन गर्न माग गरेका छन् ।

यातायात व्यवस्था विभाग मूल्य वृद्धिबारे बोल्यो, भाडा वृद्धिबारे बोलेन

सार्वजनिक यातायातको भाडा समायोजनको विषयमा यातायात व्यवस्था विभागले अध्ययन गरेको छ । सो प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाइएको  विभागले जनाएको छ ।विगतको पाँच वर्षको  पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सवारी साधनको पार्टपुर्जा लगायतको मूल्यवृद्धिसहित १२ सुचकको वैज्ञानिक सूत्र अनुसार मूल्यवृद्धिको अवस्था हेरेर प्रतिवेदन मन्त्रालयमा पेश गरिएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।  आफूहरुले भाडा बढाउने वा नबढाउने भन्नेबारे केही पनि नभनेको बताउँदै उनले मूल्य