सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को समस्या विकराल बनिरहँदा यातायात व्यवस्था विभाग एक महिनादेखि महानिर्देशकविहीन छ । ०७९ फागुन २६ मा महानिर्देशकका रूपमा गएका नारायणप्रसाद भट्टराई सरुवा भएर साउन २३ मा गृह मन्त्रालय गएसँगै विभाग महानिर्देशकविहीन बनेको हो ।