विराटनगरको रानी नाकामा दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको एन्टिजेन परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीहरुलाई भारत नै फर्काइएको छ ।भारतमा ओमिक्रनको नयाँ भेरियन्ट देखापरेपछि पहिलोपटक सीमा नाकामा गरिएको परीक्षणमा दुई भारतीय नागरिकमा संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकाले सीमा नाका रानी हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण गर्दै आएको छ । रानी हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट स