रानी नाकामा कोरोनाको जोखिम : संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढ्यो

पछिल्ला दिनमा पूर्वी नेपालको प्रमुख सीमा नाका विराटनगरको रानीबाट नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण देखिने क्रम ह्वातै बढेको छ । पुस १४ अघि सो नाका भएर नेपाल प्रवेश गर्नेमा शून्यको अवस्थामा रहेको कोरोना संक्रमण पछिल्ला दिनमा ह्वातै बढेको हो ।रानी नाकाबाट नेपाल प्रवेश गर्नेहरूमा दैनिक दुई देखि तीन जनासम्म कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।  रानी सीमा नाकामा रहेको विराटनगर महानगरपालिकाको हेल्थ डेस्कको तथ्याङ्कअनुसार पुस १४ गतेपछि आजसम्म रानी नाका हुँदै नेपाल प्रवेश गर्ने १७ जनामा कोरोना सं