कपिलवस्तु । भारतबाट नेपाल भित्रिने व्यक्तिहरूमा कोरोना संक्रमण बढ्दै गएको छ । भारतको पञ्जाबबाट कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिहरूमा कोरोना संक्रमण बढी देखिएको कृष्णनगर हेल्पडेस्कले जनाएको छ । कृष्णनगर नाकाबाट नेपाल भित्रिने मानिसमा दुई महिनाभित्र ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोजेटिभ देखिने ७८ जनालाई एन्टिजोन परिक्षण गरिएको थियो । […]