काठमाडौं : पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परिक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।अस्पतालका सूचना अधिकारी डाक्टर सरोज रोशन दासले आज बिहान दिनुभएको जानकारी अनुसार ७९ जनाको पिसिआर परीक्षण गर्दा पर्साका २५ जना‚ बाराका २ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमति हुनेमा ३ वर्षदेखि ५९ वर्षसम्मका २० पुरुष र ८ महिला रहेका छन्। संक्रमितमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाले नारायाणी अस्पतालमा उपचार भइरहेको छ। अन्य २४ जना होम ओइसोलेसनमा रहेका अस्पताल