काठमाडौं : नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।भारतबाट फर्किएका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए। उनका अनुसार भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका संक्रमित सबै पुरुष हुन्। उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, ६ बाँके र एकजना सुर्खेतका हुन् ।