काठमाडौं । के तपाईले बजारमा अक्सिजन अभावको हल्ला चलेपछि घरमै अक्सिजन सिलिन्डर राख्नुभएको छ ? श्वासप्रश्वासमा समस्या हुँदा चिकित्सकको सल्लाह विना अक्सिजनको प्रयोग गर्दै हुनुहुन्छ ? त्यसो हो भने तपाईले ठुलो खतरा मोल्दै हुनुहुन्छ ।होमआइसोलेसनमा बसेका कतिपय संक्रमितले श्वासप्रश्वासमा समस्या आएपछि आफै अक्सिजन प्रयोग गर्ने गरेको पाइन्छ । यसरी आफूखुसी अक्सिजन प्रयोग गर्नु खतरनाक हुने र यही कारण कतिपय संक्रमितको ज्यान जान थालेको चिकित्सकहरु बताउँछन् ।अस्पतालमा अक्सिजन र बेडको अभाव भन्ने समाचार प्रत्येक