अमेरिकाको घातक हतियार आइपुग्यो युक्रेन (भिडियो)

अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको घातक हतियारको पहिलो जत्था उक्त देश पुगेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै अमेरिकाका राष्ट्रपति जो बाइडनले घातक हतियार पठाएका हुन् ।  शुक्रवार अबेर राति युक्रेनको राजधानी कीएभमा रहेको अमेरिकी दूतावासले ट्विटरमा एक मालवाहक विमानबाट हरियो रंगको क्रेटहरू झारिएको तस्वीर अप्लोड गरेको थियो ।  उक्त क्रेटहरूमा लगभग १०० टन घातक हतियार रहेको र युक्रेनका अग्रपंक्तिका प्रतिरक्षकहरूलाई दिइने दूतावासले बतायो । रुसको आक्रामकता बढिरहेको बेलामा युक्रेनको प्रतिरक्षालाई थप म...

सम्बन्धित सामग्री

रूसलाई घातक हतियार नदिन चीनलाई अमेरिकाको चेतावनी

एजेन्सी । अमेरिकाले रुसलाई घातक खालका हतियार दिएर सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन विरुद्ध युद्धमा रहेको रुसलाई घातक हतियारको सहयोग नगर्न चेतावनी दिनुभएको हो । अमेरिकाले आफ्नो आकाशमा उडिरहेका चिनियाँ जासुसी बेलुनहरु खसालेपछि दुई देशबीच आरोप प्रत्यारोप चलिरहेको बेला […]

रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छः नेटो

एजेन्सी किभ, २१ फागुन : उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् ।  ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ महासचिव स्टोल्टनबर्गले भने । उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र […]

रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छ : नेटो

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् ।  ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ महासचिव स्टोल्टनबर्गले भने ।उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगराउनेसमेत घोषणा गरेका छन् । त्यस्तै, नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरु आफ्नै ढ