कम्पोष्ट मल उत्पादन

तुलसीपुर उपमहानगरपालिकाले गल्ने फोहोरबाट तुलसी कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । पालिकाले दैनिक सङ्कलन हुने गल्ने फोहोरलाई तुलसी कम्पोष्ट मलको रूपमा तयार पारेर बिक्रीका लागि बोरामा प्याकिङ समेत गरेको छ ।

सम्बन्धित सामग्री

प्राङ्गारिक मल उत्पादन गर्दै स्थानीय तह

काभ्रेपलाञ्चोक, ६ मङ्सिर । लामो समयदेखि रासायनिक मलको अभाव भोग्दै आएका स्थानीय किसानका लागि स्थानीय तहले व्यावसायिक रुपमा प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालेका छन् । हाल काभ्रेपलाञ्चोकका पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले कम्पोष्ट मल उत्पादन थालेका हुन् । भुम्लुले मङ्गलबारदेखि उत्पादित मल नमुनाका रुपमा किसानलाई उपलब्ध गराउन थालिएको पालिका कार्यालयले जनाएको छ । ‘बायो–चार’ नामक उक्त […]

गड्यौलापालनतर्फ स्याङ्जाका किसान आकर्षित

असोज १६, वालिङ । स्याङ्जाका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् ।  स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका हुन् । नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित ‘हरित पुनःउत्थान प्रवर्द्धन परियोजना’ अन्तर्गत वालिङका १४ ओटै वडाका किसानलाई जैविक कम्पोष्ट मल बनाउन प्रेरित गरिएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । ‘स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको यो नगरपालिका फोहोरमैला व्यवस्थापनमा समेत पटक/पटक उत्कृष्ट भई पुरस्कृत भइसकेको छ’, अध्यक्ष गुरुङले भने, ‘मानव स्वास्थ्यलाई ध्यानमा राख्दै कुहिने फोहोरलाई गड्यौले अर्गानिक कम्पोष्ट मलमा परिणत गर्नेछौँ ।’ खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोगमा निरुत्साहित गर्दै अर्गानिक कम्पोष्ट मल बनाउन किसानलाई प्रेरित गर्नका लागि गड्यौलापालनका लागि आवश्यक सामग्री, तालिम तथा गड्यौला वितरण गरिएको अध्यक्ष गुरुङले बताए । नगरपालिकाभित्र ३१० गाउँ छन् । ती गाउँबाट एक/एक जनाको प्रतिनिधित्व हुने गरी तालिम दिइने र पछि उनीहरुले नै गाउँमा अन्यलाई सिकाउने अध्यक्ष गुरुङको भनाइ थियो । कुहिने फोहोरलाई गड्यौले मल बनाउन प्रयोग गर्न सकिने, विषादी निरुत्साहित गर्ने, रासायनिक मलको प्रयोगमा कमी गर्ने र उत्पादकत्व वृद्धि गर्न यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास कार्यक्रम संयोजक विशाल बगालेको छ । ‘इच्छुक किसानलाई निःशुल्क गड्यौला, बिन तथा तालीम उपलब्ध गराएका छौँ’, संयोजक बगालेले भने, ‘किसानले उत्पादन गरेका गड्यौला अन्य किसानलाई सहकारीमार्फत विक्री गरिदिन्छौँ, जसका कारण पनि किसान गड्यौला पालनतर्फ आकर्षित भएका हुन्, गड्यौला प्रतिकिलो रू. दुई हजार २०० देखि रू. तीन हजारसम्म विक्री हुने गरेको छ ।’ नगरका १४ ओटै वडामा लक्षित समूह गठन गरी गड्यौला पालनका फाइदा र गड्यौला पाल्ने विधिका बारेमा प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक डिलबहादुर गुरुङले बताए । ‘वडाका विभिन्न टोल टोलबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषलाई सहभागी बनाएर तालिम दियौँ’, प्रशिक्षक गुरुङले भने, ‘प्रतिकिसान एक किलो गड्यौला र बिन निःशुल्क उपलब्ध गराएका छौँ, अहिले उनीहरु गड्यौलापालनतर्फ उत्साहित भएर लाग्नुभएको छ ।’ नगरपालिकाभित्र हालसम्म १७१ किलो गड्यौला विक्री गरेको र अब ९० किलो उपलब्ध गराउने गड्यौला व्यवसायी हुमनाथ लामिछानेले बताए । ‘अहिले गाउँ÷गाउँमा किसान गड्यौला पालनतर्फ आकर्षित भएका छन्, गड्यौलाको माग निक्कै बढेको छ’, लामिछानेले भने, ‘लगानी र मेहेनत कम लाग्ने तर गड्यौला तथा मल विक्री गरेर दोहोरो फाइदा लिन सकिन्छ ।’ वालिङ–५ पित्लेकका गड्यौला व्यवसायी लामिछानेले आफ्नो व्यक्तिगत फर्मबाट १०० किलो र अन्य छिमेकीको बाट ७१ किलो गड्यौला प्रतिकिलो रू. एक हजार ७०० का दरले विक्री गरेका हुन् । बिरुवाले यसमा भएका खाद्यतत्वलाई सजिलैसँग लिन सक्दछ भने यो मल अरु मलभन्दा गुणस्तर मानिन्छ ।  यो मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउँछ र बाली बिरुवाको वृद्धि विकास पनि छिटो हुने गर्छ । झारपात र घरमा निस्कने कुहिने फोहोरबाट गड्यौलापालन गरी जैविक मल उत्पादन गर्न सकिन्छ । रासस

अर्गानिक खेतीलाई प्रवर्द्धन गर्न गड्यौले मल उत्पादन तालिम

स्याङ्जा – अर्गानिक खेतीलाई प्रवर्द्धन गर्न वालिङमा गड्यौले मल उत्पादन सम्बन्धी तालिम दिन शुरु गरिएको छ । कम्पोष्ट मल उत्पादन गरी अगार्निक तरकारी खेतीको विस्तार गर्ने योजना अनुसार तालिम सञ्चालन गरिएको हो ।  वालिङमा सञ्चालन भइरहेको हरियाली पुनःउत्थान परियोजना अन्तर्गत नगरपालिकाका वडा नम्बर १,२,३ र ४ मा तालिम सञ्चालन गरिएको परियोजना प्रमुख विशाल बगालेले जानकारी दिनुभयो । नगरका १४ वटै वडामा तालिम सञ्चालन गरिने बगालेले बताउनु भयो ।  वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको साझेदार...

फोहोर व्यवस्थापनमा सफलता (सम्पादकीय )

मध्यपुर थिमी नगरपालिकाले फोहोर व्यवस्थापनमा नमूना सफलता प्राप्त गरेको छ । घरबाट निस्कने फोहोरबाट जापानी प्रविधि प्रयोग गरी प्राङ्गारिक मल उत्पादन गरेर फोहोर व्यवस्थापनमा नगरपालिकाले सफलता प्राप्त गरेको छ । दुई वर्षअघि फोहोर व्यवस्थापन गर्दै जापानी कम्पोष्ट प्रविधिबाट विना रसायन प्राङ्गारिक मलको सफल उत्पादन गरिएको हो । एक किलो फोहोरबाट एक किलो नै प्राङ्गारिक मल उत्पादन गर्न सकिने र प्रतिकिलो मलको ५० रूपियाँमा धमाधम बिक्री भइरहेको छ । उक्त मल कृषकमाझ लोकप्रिय बन्दै गएको छ । उत्पादित मल काभ्रे, सिन्धुपाल्चोक र धनकुटाको व्यावसायिक तरकारी खेतीमा प्रयोग हुँदै आएको जनाइएको छ । मल दूषितरहित भएको प्रमाणित भएकाले राष्ट्रपति कार्यालय परिसरको बगैँचामा पनि प्रयोग गरिएको छ । नगरपालिको वडा नं. ४ स्थित विष्णुकुण्ड क्षेत्रको चार रोपनी सार्वजनिक जमिनमा जापानी प्रविधिको कम्पोष्ट मल उत्पादन केन्द्र निर्माण गरिएको छ ।

कामपाले सुरु गर्‍यो कम्पोष्ट मल बनाउन, बञ्चरेडाँडामा उत्पादनको तयारी

काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफरस्टेसनमा आज (बिहीबार) देखि कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ । परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन गर्ने प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी एक महिनाभित्र अन्तिम फोहर विसर्जन स्थान बञ्चरेडाँडामा पनि उक्त प्रक्रिया सुरु गर्ने तयारी रहेको कामपा वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो ।