बागलुङ नगरपालिकाले जनप्रतिनिधिले कार्यभार सम्हालेको सयदिन भित्रै बागलुङ नगरको सदरमुकाम केन्द्रित सेवालाई गाउँमा विस्तार गर्न सफल भएको छ । ‘जनता नगरपालिका होइन नगरपालिका जनता कहाँ’ भन्ने मूल नाराका साथ नगरपालिकाले सय दिनमा एक हजार ५०० जनालाई गाउँमै पुगेर सेवा दिएको हो । नगरपालिकाले घुम्ती सेवा शिविरको आयोजना गरेर नगरपालिकाको सबै सेवा वडा–वडामा पु¥याउँदा जनतामा उत्साह छाएको हो । बागलुङ नगरपालिकाले सय दिनमा ठूला आयोजनाको समन्वय, फोहर व्यवस्थापन, पार्किङ व्यवस्था