निजी सञ्चार माध्यमहरुमा पहिलो पटक सेयर (आईपीओ) जारी गर्ने मिडिया जनता टेलिभिजन बन्ने भएको छ । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा नै प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको हो । बिहीबार जनता प्रसारण तथा प्रकाशन लिमिटेडले सेयर निष्कासन गर्ने सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा जनता प्रसारणका तर्फबाट सञ्चालक समिति अध्यक्ष डा.विजयकुमार पौडेल र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढ