१४ साउन, काठमाडौं। अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ ।
टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका …
१ पुस, काठमाडौं । मुलुकी अपराध संहिताले दिएको बहिर्क्षेत्रीय अधिकारको प्रयोग गरेर प्रहरीले मलेसियामा भएको अपराधको नेपालमा अनुसन्धान थालेको छ । कुनै नेपालीले मुलुकबाहिर कुनै कसुर गरे उसलाई स्वदेशमै अपराध गरे सरह सजाय हुने व्यवस्था अनुरुप प्रहरीले मलेसियामा भएको झापाका धनबहादुर प्रधानको हत्याबारे अनुसन्धान थालेको हो । पीडित परिवारले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दिएको किटानी […]
११ कात्तिक, चितवन । २०६९ कात्तिक ११ गते नवलपुरको गैंडाकोटमा आफ्नै हजुरआमा र काकीको हत्या गरेका सुरेशबहादुर कुमाल ठीक १० बर्षपछि २०७९ कात्तिक ११ गते राति आफ्नै साथी जीवनबहादुर नेपालीको हत्या आरोपमा पक्राउ परे । गैंडाकोट नगरपालिका–७ घर भएका ३४ बर्षका सुरेशले शुक्रबार राति साढे १० बजे माडी नगरपालिका–४ शीतलपुर घोसरीका जीवनबहादुर नेपालीको हत्या गरेको […]
अमेरिका, असार ३० । अमेरिकाको न्यूजर्सी राज्यमा एक नेपालीले अर्का नेपालीकै हत्या गरेको छ । हत्या न्यूजर्सीस्थित मवाहमा ग्यास स्टेशनमा गरिएको हो । २४ बर्षे मिलन घिमिरेले ग्यास स्टेशनमा काम गर्ने आफ्नै सहकर्मी ५६ बर्षका फु छेवाङलाई गोली हानी हत्या गरेका हुन् । न्युजर्सीको मवाहमा स्थानीय समयअनुसार सोमबार राती पौने १० बजे गोली हानी हत्या […]
खिमराज चालिसे, चंडिगढ ।
भारतको हरियाणा राज्यको हिसारमा कार्यरत एक नेपालीको हत्या भएको छ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड नम्बर ३ खिल्ली बडागाउँ पेगा घर भइ हाल हिसारस्थित रेस्टोरेन्ट चिकन हन्टमा कार्यरत नेत्र कुँवरको छोरा रामबहादुर कुँवरको दिनांक ९ फरवरी रात्री निर्ममतापूर्वक हत्या गरिएको छ।
१० फरवरीको विहानै उक्त घटनाबारे थाहा पाउने वित्तिकै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी संघ र जनसम्पर्क समिति लगाएतका विभिन्न संघसस्थाहरुका कार्यकर्ताहरु घटनास्थल पुगी पुलीसप्रसाशनको सहभागितामा आवश्यक छानबिन गर्दा उनलाई सँगै काम गर्ने साथी राकेस भन्ने व्यक्तिले हत्या गरि भागेको आशंका गरिएको थियो ।
कतिपय प्रमाणहरुको आधारमा ११ फरवरीको पुलिस थानामा राकेश विरुद्ध हत्या आरोपमा एफआईआर रिपोर्ट दर्ज गरी शवको पोस्टमॉर्टम गराई छोरा विक्रम कुँवर आफन्तहरु, र संगठनका प्रतिनिधीहरुको उपस्थितिमा दाहसंस्कार समेत गरिएको छ ।
आरोपीलाइई तुरुन्त गिरप्तार गरी कडा भन्दा कडा कार्वाहीको माग पनि हिसार स्थित संघसस्थाहरुले पुलीस प्रसाशन संग गरेको मूल प्रवाह हिसार नगरसमितीका सचिव तारा सोमारेले बताउनु भएको छ ।