धरानमा स्वतन्त्र उम्मेदवारलाई १४७ मतको अग्रता

 सुनसरीको धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता बढाएका छन् । १० बजे सार्वजनिक विवरण अनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत पुर्याउँदा गठबन्धनका उम्मेदवार काँग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत पाएका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ६ हजार ८ सय ५८ मत पाएकी छिन् । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९ हजार ४ सय ३० मत ल्याउँदा एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले

सम्बन्धित सामग्री

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित सुनिश्चित

कामठमाडौँ – धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई ‘साम्पाङ’को जित सुनिश्चित भएको छ। गणना गर्न बाँकी रहेको मतभन्दा धेरै मत अन्तरले अग्रता कायम गरेपछि उनको जित सुनिश्चित भएको हो। उनले कुल खसेको मतमध्ये ३ हजार २८४ मतगणना गर्न बाँकी रहँदा गठबन्धनका उम्मेदवार किशोर राईसँग ४ हजार २८१ मतको अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका […]

धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङकाे अग्रता बढ्याे

धरान - धरान उपमहानगरपालिकाको पछिल्लो मत गणनाको परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २ हजार ८ सय ४४ मतकाे अग्रता बनाउनु भएकाे छ । उहाँले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईसँगकाे मतान्तर बढाउँदै लैजानु भएकाे छ। निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले दिएको जानकारी अनुसार अहिलेसम्म ५० हजार १ सय ९ मत गणना भएकोमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १६ हजार २६ मत प्राप्त गरी पहिलो स्थानमा हुुनुहुन्छ ।  किशोर राईले १३ हजार १ सय ...

धरानमा गठबन्धनभन्दा स्वतन्त्र उम्मेदवार २४ सय बढी मतले अगाडि

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले फराकिलो अग्रता लिएका छन्।

धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ गठबन्धन भन्दा झन्डै १३ सय मतले अगाडि

सुनसरी – धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङकाे अग्रता कायमै छ । उहाँ एक हजार दुई सय ९७ मतले अघि हुनुहुन्छ ।  अहिलेसम्म गणनामा स्वतन्त्रका उम्मेदवार साम्पाङले १२ हजार १५ प्राप्त गर्नुभएकाे हाे । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १० हजार सात सय १८ मत प्राप्त गर्नुभएकाे छ ।   नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले आठ हजार सात सय ३९ मत प्राप्त गर्नुभएकाे छ ।   यसैगरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्...

धरानमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

धरानमा ३१ हजार ४६३ मतगणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायमै राखेका छन । हर्कले ९ हजार ३९५ मत पाउँदा गठबन्धनतर्फका नेपाली काग्रेस उम्मेदवार किशोर राइले ८ हजार ६ सय ५७ मत पाएका छन् ।नेकपा एमाले उम्मेदवार मन्जु भण्डारीले ७ हजार ९ मत पाएकी छन् । उपमेयरमा गठबन्धनतर्फका नेकपा माओवादीका उम्मेदवार अइन्द्र बेघा ९ हजार ८९० मतसहित अगाडि छन् । उनलाई एमालेका पदम लिम्बुले ९ हजार ४८६ मत ल्याएर पछ्याइरहेका छन् ।

धरानमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार राईको अग्रता

सुनसरीको धरान उपमहानगरपालिकामा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवारी दिएका हर्कराज राईले १४० मतले अग्रता लिएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका राईले ८८१८ मत ल्याएका छन् भने गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका किशोर राईले ८६७८ मत ल्याएका छन्। यस्तै एमालेकी मञ्जु भण्डारी सुवेदीले ७०६६ मत ल्याएकी छिन् ।यस्तै गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका माओवादी केन्द्रका इन्द्रविक्रम मेघाले ९७४५ मत ल्याएका छन् भने एमालेका पदमप्रसाद लिम्बुले ९४०१ मत ल्याएका छन्। एमालेका लिम्बु भन्दा माओवादीका मेघाले

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई २१० मतको अग्रता

५ जेठ, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेका छन् । बुधबार स्थगित भएर बिहानदेखि सुरु भएको मतगणनामा साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई २१० मतले पछि पारेका हुन् । लौरो चुनाव चिन्ह पाएका साम्पाङले अहिलेसम्म ८ हजार ६८९ मत पाएका छन् । सुरुवाती अग्रता लिएका कांग्रेसका राईले ८ […]

धरानमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार साम्पाङ, पछिपछि गठबन्धन

सत्ता गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार साम्पाङले १४७ मतको अग्रता लिएका छन् ।

धरान उपमहानगरमा कांग्रेसको अग्रता, एमाले स्वतन्त्र भन्दा पछि

सुनसरी - सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा नेकपा एमाले कमजोर देखिएको छ । २०७४ सालमा भएको पालिका चुनावमा एमालेले धरानमा मेयर र उपमेयर दुवै पद जितेको थियो । यति मात्रै होइन पञ्चायतकालदेखि नै सुनसरीको धरान एमालेको गण मानिन्छ । तर, यो पटक भने धरानमा एमाले भन्दा स्वतन्त्र उम्मेदवार बलिया देखिएका छन् । अहिले धरान उपमहानगरको वडा नम्बर १, २ र ३ को मतगणना जारी रहेको छ । अहिलेसम्म धरानमा २१ सय मतगणना भएको छ । ताजा परिणामअनुसार धरानको मेयर पदमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईले ७ सय ७...

धरानमा गठबन्धनका उम्मेदवारको अग्रता दोस्रोमा स्वतन्त्र

सुनसरी । धरान उपमहानगरपालिकाको मतगणनामा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । वडा नम्बर १,२ र ३ को एकरएक सय मत गन्दा गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किशोर राइले १११ मत प्रप्त गरि सुरुवाती अग्रता लिएका छन् । मेयरमा स्वतन्त्र उम्मेदवार बनेका हर्क सम्पाङ्ले ७९ मत प्राप्त गर्नुभएको छ । एमालेकी मन्जु भण्डारीले ५३ मत […]