धरानमा गठबन्धनका उम्मेदवारको अग्रता दोस्रोमा स्वतन्त्र

सुनसरी । धरान उपमहानगरपालिकाको मतगणनामा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । वडा नम्बर १,२ र ३ को एकरएक सय मत गन्दा गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किशोर राइले १११ मत प्रप्त गरि सुरुवाती अग्रता लिएका छन् । मेयरमा स्वतन्त्र उम्मेदवार बनेका हर्क सम्पाङ्ले ७९ मत प्राप्त गर्नुभएको छ । एमालेकी मन्जु भण्डारीले ५३ मत […]

सम्बन्धित सामग्री

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित सुनिश्चित

कामठमाडौँ – धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई ‘साम्पाङ’को जित सुनिश्चित भएको छ। गणना गर्न बाँकी रहेको मतभन्दा धेरै मत अन्तरले अग्रता कायम गरेपछि उनको जित सुनिश्चित भएको हो। उनले कुल खसेको मतमध्ये ३ हजार २८४ मतगणना गर्न बाँकी रहँदा गठबन्धनका उम्मेदवार किशोर राईसँग ४ हजार २८१ मतको अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका […]

धरानमा स्वतन्त्र उम्मेदवारलाई १४७ मतको अग्रता

सुनसरीको धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता बढाएका छन् । १० बजे सार्वजनिक विवरण अनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत पुर्याउँदा गठबन्धनका उम्मेदवार काँग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत पाएका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ६ हजार ८ सय ५८ मत पाएकी छिन् । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९ हजार ४ सय ३० मत ल्याउँदा एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले

धरानमा गठबन्धनका उम्मेदवार अगाडि,  २ नम्बर वडाध्क्षमा  एमालेका  राई विजयी

धरान उपमहानगरपालिकामा ३५ सय मत गणना गर्दा मेयरमा गठबन्धनका किशोर राई अग्रस्थानमा छन् । पछिल्लो मत परिणाम अनुसार राईले १ हजार ३ तीन सय ४० प्राप्त गर्नु गरेका छन् ।  स्वतन्त्रका...

धरानमा गठबन्धन अगाडि, एमाले तेस्रो स्थानमा

धरान उप–महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुख  उम्मेदवारले अग्रता कायमै राखेका छन् । गठबन्धनका प्रमुख पदका उम्मेदवार किशोर राईले ३६९ मत पाउँदा स्वतन्त्र प्रमुख उम्मेदवार हर्क साम्पाङले २७५ मत ल्याएका छन् । यता, नेकपा एमालेबाट प्रमुखकी उम्मेदवार मञ्जु भण्डारीले २ सय ३ मत पाएकी छिन् । यसैगरी, उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ३९३ मतसहित अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार पदम इस्वोले २ सय २७ मतका साथ पछ्याइरहेका छन् ।&nbs

स्थानीय निर्वाचन : कुन उपमहानगरमा कसको अग्रता ?

वैशाख ३१, काठमाडौं  । मुलुकभरका ११ ओटा उपमहानगरमध्ये १० ओटा उपमहानगरमा मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार तुलसीपुर उपमहानगरपालिकाको १७ नम्बर वडामा निर्वाचन हुन बाँकी रहेको छ भने बाँकी १०  ओटा उपमहानगरमा मतगणना जारी छ। धनगढी, इटहरी र कलैया उपमहानगरमा भर्खरै मत गणना शुरु भएकाले नतिजा बाहिर आइसकेको छैन। नतिजा आएका सात ओटा उपमहानगरमा कतिपय स्थानमा नेकपा(एमाले)का उमेदवारले अग्रता लिएका छन् भने केहिमा गठबन्धनका उमेदवार अगाडि रहेका छन् ।  घोराही उपमहानगर  नेकपा(माओवादी केन्द्र) को अग्रता दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनको अग्रता रहेको छ। अहिलेसम्मको मतगणनामा गठबन्धन तर्फबाट प्रमुखमा नेकपा(माओवादी केन्द्र) का हेमराज शर्माले १७२ मत र नेकपा(एमाले) का नरुलाल चौधरीको १४५ मत प्राप्त गरेका छन्।  बुटवल उपमहानगरमा नेपाली काँग्रेसको अग्रता बुटवल उपमहानगरमा कुल १ हजार १०० मत गणना गर्दा गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका उमेदवारले अग्रता लिएका छन्। उक्त पार्टीका उम्मेदवार खेलराज पाण्डेले ४५५ मत ल्याएर अग्रता कायम राखेका छन्।  राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले २३६ मत र एमालेका बाबुराम भट्टराईले १७९ मत ल्याएका छन्। हेटौडामा नेकपा( एकीकृत समाजवादी) को अग्रता  हेटौंडा उपमहानगरमा कुल ९०४ मत गणना गर्दा नेकपा(एकीकृत समाजवादी)का उमेदवारले अग्रता लिएका छन्।  प्रमुखमा सो पार्टीकी मिनाकुमारी लामाले २८३ मत ल्याएकी छिन भने नेकपा(एमाले) बाट  अनन्त पौडेलले २७३ मत ल्याएका छन्।   नेपालगञ्जमा नेपाली काँग्रेसको अग्रता बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले प्रारम्भिक अग्रता लिएका छन् । १९८ मत गन्दा नगर प्रमुखका उम्मेदवार विष्टले ७९ मत, नेकपा(एमाले) का पशुपति दयाल मिश्रले २६ मत र राप्रपाका नन्दलाल वैश्यले ५ मत पाएका छन् ।  जनकपुरमा स्वतन्त्र उमेदवारको अग्रता जनकपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसका बागी उमेदवार बनेका मनोज साहले अग्रता लिएका छन्। कुल ५०० मत गणना हुँदा साहले १७२ मत ल्याएका छन् भने नेकपा(एमाले) का शिवशङ्कर साहले ५७ मत ल्याएका छन्। गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साहले ३२ मत ल्याएका छन्। जितपुर सिमरामा नेकपा(माओवादी केन्द्र) को अग्रता  जितपुर सिमरा उपमहानगरमा गठबन्धनबाट   प्रमुख पदमा नेकपा(माओवादी केन्द्र) का राजन पौडेलले ५६९ मत प्राप्त गरेका छन् । त्यसैगरी लोसपा सञ्जय साहले ५६८ मत, नेकपा(एमाले) की सरस्वतीदेवी चौधरी २७७ मत ल्याएका छन् ।  धरानमा  नेपाली काँग्रेसको अग्रता  धरान उपमहानगरमा कुल २०० मत गणना हुँदा गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका किशोर राईले ७१ मत ल्याएका छन्। नेकपाा(एमाले) का मञ्जु भण्डारीले ३६ मत,स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५८ मत ल्याएका छन्।