सुनसरी - सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा नेकपा एमाले कमजोर देखिएको छ ।
२०७४ सालमा भएको पालिका चुनावमा एमालेले धरानमा मेयर र उपमेयर दुवै पद जितेको थियो । यति मात्रै होइन पञ्चायतकालदेखि नै सुनसरीको धरान एमालेको गण मानिन्छ ।
तर, यो पटक भने धरानमा एमाले भन्दा स्वतन्त्र उम्मेदवार बलिया देखिएका छन् । अहिले धरान उपमहानगरको वडा नम्बर १, २ र ३ को मतगणना जारी रहेको छ । अहिलेसम्म धरानमा २१ सय मतगणना भएको छ । ताजा परिणामअनुसार धरानको मेयर पदमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईले ७ सय ७...