प्युठान । राष्ट्रिय जनमोर्चाले प्युठानको झिम्रुक गाउँपालिका वडा नं ४ मा संगठन निर्माण गर्न १० वटा टोली परिचालन गर्ने भएको छ ।
राजमो झिम्रुकको आयोजनामा मंगलबार भएको वडास्तरीय संयुक्त प्रशिक्षण भेलाले १० वटा टोली परिचालन गर्ने निर्णय गरेको हो ।
अभियान अन्तर्गत संगठन निर्माणसँगै प्रतिनिधि सभा विघटनविरुद्ध विरोध कार्यक्रम आयोजना गरिने राजमो भिम्रुकले जनाएको छ ।
भेलामा राजमोका पूर्व केन्द्रीय सदस्य वाशुदेव पोख्रेल र झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले प्रशिक्षण दिनुभएको थियो ।
राजमो वडा समितिका अध्यक्ष हिकमतसिंह केसीको अध्यक्षता र लिमानसिंह जिसीको सञ्चालनमा सम्पन्न प्रशिक्षण भेलामा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य वीरबहादुर जिसी र वडाअध्यक्ष सीताराम पोख्रेलको पनि आतिथ्यता रहेको थियो ।