उजीरसिंह मावि बुटवलमा अखिल (छैठौं) को संगठन निर्माण

टेकराज भुसाल, बुटवल। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति रुपन्देहीको आयोजनामा आज बुटवलको उजिर सिंह माध्यमिक बिद्यालयमा संगठन निर्माण भएको छ । एक महिने संगठनात्मक अभियान अन्तर्गत उजिर सिंह माविमा २१ सदस्यीय इकाइ समिति गठन गरेको छ। समितिको अध्यक्ष पुष्पा थापा, उपाध्यक्ष गणेश जिसी, सचिव नारायण राउत, सहसचिव किरण राई र कोषाध्यक्षमा अन्जली वनियालाई चयन गरेको छ। त्यस्तै सदस्यहरुमा करुणा खाती, अमर राना, मोतिराम दर्लामी, बोधकला बगाले, मनिसा थापा, रिया श्रेष्ठ, सुजन गाहा, आशिष् बस्नेत, किरण खड्का, चोपलाल बेल्वासे, सुस्मिता राना, मुना थामी, नारायण राना र गिता मगर रहनुभएको छ। कार्यक्रममा अखिल (छैठौं) रुपन्देहीका जिल्ला अध्यक्ष सरोजमान सिंह, सचिव सागर बेल्वासे, कोषाध्यक्ष मिलन परियार, सदस्य टेकराज भुसाल र कुलचन्द्र शर्माले प्रशिक्षात्मक मन्त्वय राख्नुभएको थियो।

सम्बन्धित सामग्री

व्यवसायीको संगठन निर्माण किन ?

व्यवसायीहरूको संगठन भन्नाले व्यापार–व्यवसायमा संग्लग्न दुई वा दुईभन्दा बढी व्यक्ति मिलेर बनेको सामाजिक संस्था बुझिन्छ, जहाँ सामूहिक उद्देश्यका लागि लक्षित विशिष्ट बाह्य वातावरणमा समन्वयात्मक तवरले काम गर्छन् । यसले कार्यहरूको विभाजन र जिम्मेवारीहरूको बाँडफाँड समावेश गर्छ । बजार प्रणालीको विकासमा नीति नियमहरूको तर्जुमा गर्न र व्यवसायीहरूको भूमिका प्रभावकारी रूपमा बढाउन व्यवसायीहरूको संगठन निर्माण जरुरी छ […]

नेसपाले संगठन निर्माण र विस्तार अभियान चलाउने

१७ असार, काठमाडौं । नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ । गत १३ असारमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । त्यसका लागि असारदेखि पुससम्मको समय तोकिएको छ भने अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय अभियान परिचालन मूल समिति र सचिवालय निर्माण भएको छ । सचिवालयको संयोजकमा […]

गाउँका विद्यालयमा संगठन निर्माण गर्न नेविसंघलाई देउवाको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ शहर केन्द्रीत हुन नहुने बताएका छन्। मंगलवार नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेविसंघका नेताहरुलाई शहर केन्द्रीत नभई गाउँ केन्द्रीत भएर संगठन निर्माण गर्न निर्देशन दिएका हुन्। देउवाले हाल नेविसंघ विद्यार्थी युनियनको निर्वाचनमा पराजित भइरहेको…

माधव नेपाल निकट युवा संघले दुई महिने संगठन निर्माण अभियान चलाउने

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ । युवा संघ नेपालको असोज ७ र ८ गते बसेको केन्द्रीय सचिवालय कमिटीको बैठकले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । संगठन निर्माण तथा पुनर्जागरण अभियान अन्र्तगत ७७ वटा जिल्ला, स्थानीय तह र वडा तहसम्म भेला, बैठक, कमिटी गठन तथा पुनर्गठन र प्रशिक्षणको आयोजना गरिने युवा संघ

वेदकोट ८ को टोल टोलमा संगठन निर्माण गर्ने राजमोको योजना

पुष्कर भट्ट, महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं ८ का टोल टोलमा संगठन निर्माण गर्ने गरी राष्ट्रिय जनमोर्चाले योजना बनाएको छ । मंगलबार सम्पन्न अगुवा कार्यकर्तासहित टोल समितिको बैठकले विभिन्न टोलमा संगठन निर्माणका लागि जिम्मेवारी दिएको छ । राजमोले फागुन २५ गते टोल भेला सम्पन्न गरिसक्ने र फागुन २९ गते वडा भेला गर्ने निर्णय गरेको छ। राजमो वडा समितिका अध्यक्ष पदम साउदको अध्यक्षता सम्पन्न कार्यक्रममा ‌अखिल (छैठौं) का महासचिव महेशराज जोशी, जिल्ला अध्यक्ष महेश भट्ट, सचिव पुष्कर भट्ट, अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष अमिर कुंवर, राजमो नगरसमितका नेता दुर्गा नाथ, राजमो नेताहरु मानबहादुर टेर, जयबहादुर कार्की, नरेन्द्र साउद, युवा नेता करन कार्की, दलबहादुर खडायत, विद्यार्थी नेता प्रकाश जोशी, नेता असोक बोहरा, युवा नेता गोकर्ण जोशी, वडा सचिव भुपेन्द्र भण्डारी, सहसचिव गणेश नाथ, लगायत अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । वेदकोट नगरपालिका मा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । नगरपालिकाको वडा नं ८ मा हालै तत्कालिन माओवादी केन्द्रका प्रदेश सदस्य मानबहादुर टेर नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता राजमोमा समाहित हुनुभएको थियो ।

गुल्मीको छ्त्रकोटका दुईवटा वडामा राजमोको संगठन निर्माण

शंकरप्रसाद पोख्रेल, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं ३ र ६ मा राजमोको भेला सम्पन्न भएको छ । भेलाले दुवै वडामा संगठन निर्माण गरेको छ। वडा नं ३ मा दधिराम कंडेलको अध्यक्षतमा १७ सदस्यीय वडा समिति निर्माण भएको छ । जस्को उपाध्यक्षमा बिनबहादुर रेस्मि, सचिवमा श्यामलाल पन्त र कोषाध्यक्षमा रामु पुन चयन हुनुभएको छ । सदस्यहरुमा चम्फा पुन, तेजकुमार पुन, रमेस राना, जीवन बुचा, ऋषिराम रेस्मी, सुनिकला पुन, लक्ष्मन बुचा रहनुभएको छ भने सल्लाहकारमा गुमानसिंह पुन, शेरबहादुर पुन, खिमबहादुर बुचा र बालकृष्ण पुन रहनुभएको छ । त्यसैगरी वडा नं ६ मा जंग घर्तिको अध्यक्षतामा ११ सदस्यीय राजमोको वडा समिति निर्माण भएको छ । जस्को उपाध्यक्षमा बसन्ता केसी, सचिवमा खोपबहादुर रेस्मी कमल र कोषाध्यक्षमा मानबहादुर थापा तथा सदस्यहरुमा सरिता सारु, डोल्मा रेस्मी, मोहन रेस्मी, बिष्णु रेस्मी, ज्ञानबहादुर रेस्मी, हिमबहादुर रेस्मी, रामबहादुर दर्लामी चयन हुनुभएको छ । सल्लाहकारहरुमा कृष्णबहादुर रेस्मी, रामबहादुर अर्याल, गुनबहादुर राना, चन्द्र बहादुर दर्लामी र एक स्थान रिक्त राखिएको छ। दुवै वडाको भेलामा अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला अध्यक्ष गुमानसिंह पुनको आतिथ्यता रहेको थियो । भेलालाइ सम्बोधन गर्दै उहाँले देश र जनताको पार्टी राष्ट्रिय जनमोर्चा मात्र भएकोले सबैलाई राजमोको झण्डामुनि गोलबन्द हुन आग्रह गर्नुभयो । साथै उहाँले ओलिी सरकारले चालेको असंवैधानिक कदमको बिरोध गर्दै संसद पुनरस्थपना हुनुपर्ने बताउनु भएको थियो ।

बाराको जितपुर सिमरा-१४ मा राजमोको संगठन निर्माण

हरिप्रसाद सापकोटा, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १४ मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । गैरिगाउँमा सम्पन्न भेलाले राजमोको संगठन निर्माण गरेको छ । गत वर्षको फागुन–चैत महिनामा सञ्चालित सदस्यता अभियानका क्रममा सदस्यता लिएका व्यक्तिहरुलाई संगठित गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको राजमोले जनाएको छ । संगठन निर्माणसँगै राजमोले संघीयताको खारेजी, भ्रष्टाचार र प्रतिनिधि सभा विघटनविरुद्ध संघर्षका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । शुक्रबार सम्पन्न भेलालाई राजमो २ नं प्रदेस कोषाध्यक्ष शेरबहादुर कार्की, नेकपा (मसाल) जिल्ला प्रवक्ता रमेस भट्टराई तथा राजमो जिल्ला सचिव एवम् कार्यक्रम संयोजक जीवन भट्टराईले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता रामप्रसाद शर्मा पोख्रेल तथा सञ्चालन हरिप्रसाद सापकोटाले गर्नुभएको थियो । भेलाले सात सदस्यीय टोल समिती गठन गरेको छ । जसको अध्यक्षमा रामप्रसाद शर्मा पोख्रेल, उपाध्यक्ष देविलाल सापकोटा, सचिव मञ्जु केसी र कोषाध्यक्षमा सुसिला सापकोटा चयन हुनुभएको छ । सदस्यहरुमा सीता केसी, बिस्नु कार्की र पानु थापा मगर रहनु भएको छ ।

झिम्रुकको वडा नं ४ मा संगठन निर्माण गर्न १० टोली परिचालन

प्युठान । राष्ट्रिय जनमोर्चाले प्युठानको झिम्रुक गाउँपालिका वडा नं ४ मा संगठन निर्माण गर्न १० वटा टोली परिचालन गर्ने भएको छ । राजमो झिम्रुकको आयोजनामा मंगलबार भएको वडास्तरीय संयुक्त प्रशिक्षण भेलाले १० वटा टोली परिचालन गर्ने निर्णय गरेको हो । अभियान अन्तर्गत संगठन निर्माणसँगै प्रतिनिधि सभा विघटनविरुद्ध विरोध कार्यक्रम आयोजना गरिने राजमो भिम्रुकले जनाएको छ । भेलामा राजमोका पूर्व केन्द्रीय सदस्य वाशुदेव पोख्रेल र झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले प्रशिक्षण दिनुभएको थियो । राजमो वडा समितिका अध्यक्ष हिकमतसिंह केसीको अध्यक्षता र लिमानसिंह जिसीको सञ्चालनमा सम्पन्न प्रशिक्षण भेलामा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य वीरबहादुर जिसी र वडाअध्यक्ष सीताराम पोख्रेलको पनि आतिथ्यता रहेको थियो ।

दाङमा अखिल (छैठाैं) काे दुई महिने अभियान सुरु, साधारण स्कुलमा संगठन निर्माण

दिनेश रैदास, दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति दाङ देउखुरीले पुस र माघ महिनाभर जिल्लाव्यापी प्रशिक्षण तथा संगठन निर्माण गर्ने भएको छ । संगठनात्मक अभियान अन्तरगत राजपुर गाउँपालिका वार्ड नं ५ सालभौरीको साधारण नमूना माध्यमिक विद्यालयमा २२ सदस्यीय इकाइ समिति गठन गरेको छ। समितिको अध्यक्ष संगीता विश्वकर्मा, उपाध्यक्ष निशान भण्डारी, सचिव सपना परियार, सहसचिव सरस्वती चौधरी र कोषाध्यक्षमा सुरज भण्डारी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा दिपक चौधरी, रुक्मणी भण्डारी, प्रमिला यादव, राम सुफल यादव, सुस्मिता चौधरी, कल्पना बुढामगर, शकुन्तला चौधरी, आश्मा चौधरी, सोनीका चौधरी, सीता चौधरी, सुसुप्ती चौधरी, रुमा चौधरी, सुस्मिता चौधरी , राजकुमारी चौधरी, हिरा भण्डारी , अन्सु यादव, सञ्जिता चौधरी हुनुहुन्छ ।