हरिप्रसाद सापकोटा, बारा ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १४ मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । गैरिगाउँमा सम्पन्न भेलाले राजमोको संगठन निर्माण गरेको छ ।
गत वर्षको फागुन–चैत महिनामा सञ्चालित सदस्यता अभियानका क्रममा सदस्यता लिएका व्यक्तिहरुलाई संगठित गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको राजमोले जनाएको छ । संगठन निर्माणसँगै राजमोले संघीयताको खारेजी, भ्रष्टाचार र प्रतिनिधि सभा विघटनविरुद्ध संघर्षका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।
शुक्रबार सम्पन्न भेलालाई राजमो २ नं प्रदेस कोषाध्यक्ष शेरबहादुर कार्की, नेकपा (मसाल) जिल्ला प्रवक्ता रमेस भट्टराई तथा राजमो जिल्ला सचिव एवम् कार्यक्रम संयोजक जीवन भट्टराईले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता रामप्रसाद शर्मा पोख्रेल तथा सञ्चालन हरिप्रसाद सापकोटाले गर्नुभएको थियो ।
भेलाले सात सदस्यीय टोल समिती गठन गरेको छ । जसको अध्यक्षमा रामप्रसाद शर्मा पोख्रेल, उपाध्यक्ष देविलाल सापकोटा, सचिव मञ्जु केसी र कोषाध्यक्षमा सुसिला सापकोटा चयन हुनुभएको छ । सदस्यहरुमा सीता केसी, बिस्नु कार्की र पानु थापा मगर रहनु भएको छ ।