गुल्मीको छ्त्रकोटका दुईवटा वडामा राजमोको संगठन निर्माण

शंकरप्रसाद पोख्रेल, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं ३ र ६ मा राजमोको भेला सम्पन्न भएको छ । भेलाले दुवै वडामा संगठन निर्माण गरेको छ। वडा नं ३ मा दधिराम कंडेलको अध्यक्षतमा १७ सदस्यीय वडा समिति निर्माण भएको छ । जस्को उपाध्यक्षमा बिनबहादुर रेस्मि, सचिवमा श्यामलाल पन्त र कोषाध्यक्षमा रामु पुन चयन हुनुभएको छ । सदस्यहरुमा चम्फा पुन, तेजकुमार पुन, रमेस राना, जीवन बुचा, ऋषिराम रेस्मी, सुनिकला पुन, लक्ष्मन बुचा रहनुभएको छ भने सल्लाहकारमा गुमानसिंह पुन, शेरबहादुर पुन, खिमबहादुर बुचा र बालकृष्ण पुन रहनुभएको छ । त्यसैगरी वडा नं ६ मा जंग घर्तिको अध्यक्षतामा ११ सदस्यीय राजमोको वडा समिति निर्माण भएको छ । जस्को उपाध्यक्षमा बसन्ता केसी, सचिवमा खोपबहादुर रेस्मी कमल र कोषाध्यक्षमा मानबहादुर थापा तथा सदस्यहरुमा सरिता सारु, डोल्मा रेस्मी, मोहन रेस्मी, बिष्णु रेस्मी, ज्ञानबहादुर रेस्मी, हिमबहादुर रेस्मी, रामबहादुर दर्लामी चयन हुनुभएको छ । सल्लाहकारहरुमा कृष्णबहादुर रेस्मी, रामबहादुर अर्याल, गुनबहादुर राना, चन्द्र बहादुर दर्लामी र एक स्थान रिक्त राखिएको छ। दुवै वडाको भेलामा अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला अध्यक्ष गुमानसिंह पुनको आतिथ्यता रहेको थियो । भेलालाइ सम्बोधन गर्दै उहाँले देश र जनताको पार्टी राष्ट्रिय जनमोर्चा मात्र भएकोले सबैलाई राजमोको झण्डामुनि गोलबन्द हुन आग्रह गर्नुभयो । साथै उहाँले ओलिी सरकारले चालेको असंवैधानिक कदमको बिरोध गर्दै संसद पुनरस्थपना हुनुपर्ने बताउनु भएको थियो ।