पुष्कर भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं ८ का टोल टोलमा संगठन निर्माण गर्ने गरी राष्ट्रिय जनमोर्चाले योजना बनाएको छ । मंगलबार सम्पन्न अगुवा कार्यकर्तासहित टोल समितिको बैठकले विभिन्न टोलमा संगठन निर्माणका लागि जिम्मेवारी दिएको छ ।
राजमोले फागुन २५ गते टोल भेला सम्पन्न गरिसक्ने र फागुन २९ गते वडा भेला गर्ने निर्णय गरेको छ। राजमो वडा समितिका अध्यक्ष पदम साउदको अध्यक्षता सम्पन्न कार्यक्रममा अखिल (छैठौं) का महासचिव महेशराज जोशी, जिल्ला अध्यक्ष महेश भट्ट, सचिव पुष्कर भट्ट, अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष अमिर कुंवर, राजमो नगरसमितका नेता दुर्गा नाथ, राजमो नेताहरु मानबहादुर टेर, जयबहादुर कार्की, नरेन्द्र साउद, युवा नेता करन कार्की, दलबहादुर खडायत, विद्यार्थी नेता प्रकाश जोशी, नेता असोक बोहरा, युवा नेता गोकर्ण जोशी, वडा सचिव भुपेन्द्र भण्डारी, सहसचिव गणेश नाथ, लगायत अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
वेदकोट नगरपालिका मा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । नगरपालिकाको वडा नं ८ मा हालै तत्कालिन माओवादी केन्द्रका प्रदेश सदस्य मानबहादुर टेर नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता राजमोमा समाहित हुनुभएको थियो ।