जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुलाई भक्तपुरको एक रिसोर्ट लगेको खबर बिहीबार निकै चर्चाको विषय बन्यो । नयाँ सरकार गठनका लागि आवेदन दिने अन्तिम दिन जसपाका सांसदहरु एकाएक रिसोर्टमा पुगेको खबर फैलिएपछि त्यसलाई निकै चासोका साथ हेरिएको थियो ।आफ्ना पक्षका सांसदको नामावली राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइ सकेपछि सांसदहरु अन्यत्र कतै नजाओस् भनेर अध्यक्ष ठाकुरले आफ्ना पक्षका १९ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर ‘लञ्च’ खुवाएका हुन् । जसपा नेपालका सां