हिमाली जिल्ला मुगुमा आइतबार मात्र खाद्यान्न खुला हुने भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात नहुनु र ठेकेदारले ढुवानी नगर्नाले र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल मौज्दात नहुनाले अब मुगुमा हप्ताको एक दिन आइतबार मात्र खाद्यान्न लिन पाइने भएको हो । मुगुमा हिजो आइतबारबाट यस्तो सेवा प्रारम्भ भएको हो । हिजो मात्र एक सयभन्दा बढी क्वीन्टल चामल बिक्री वितरण भएको कार्यालयले जनाएको छ । नयाँ चामल ढुवानीको लागि ठेक्का प्रक्रिया सुरु भइ भोलि अन्तिम समय रहेको कार्यालयले जनाएको