२३ मंसिर, काठमाडौं । विश्व खाद्य कार्यक्रमले उत्तरी इथियोपियाका २ सहरमा खाद्यान्न वितरण कार्य रोकेको छ । बन्दुकधारीले विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का गोदाम लुटेपछि खाद्यान्त वितरण कार्य रोकिएको बीबीसीले जनाएको छ । राष्ट्रसंघका अनुसार टिगरे विद्रोहीसँग आबद्ध लुटेराहरूले डब्ल्यूएफपीका कर्मचारीलाई बन्दुक देखाएर नियन्त्रणमा लिएका थिए । बन्दुकधारीले कोमबोल्चा र डेसी सहरका गोदाममा राखिएको अत्यावश्यक […]