टीकापुर: क्षयरोग सङ्क्रमितलाई  खाद्यान्न वितरण

कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ। पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो। खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो।