पर्यटन व्यवसायी प्रेम खत्रीले गोरखाका आठसय चेपाङ परिवारलाई खाद्यान्न वितरण गरेका छन् । उनले गण्डकी गाउँपालिकाभित्रका चेपाङ परिवारलाई प्रतिपरिवार दुईहजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेका हुन् ।...
चितवनको कालिका नगरपालिका–१० बन्दिपुरे ढाँडमा सोमबार विपन्न चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिँदै । गामबेसिको चेपाङ संरक्षण केन्द्रको समन्वयमा एसोसिएसन अन्नपूर्ण पोखराले यस क्षेत्रका सय घरधुरी चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।