एजेन्सी । इरानको राजधानी तेहरानमा पार्कमा कुकुरहरू हिँडाउने कार्यलाई ‘अपराध’ घोषणा गरिएको छ । प्रहरीले यो प्रतिबन्ध ‘जनताको सुरक्षा’का लागि आवश्यक भएको जोड दिएको छ । उता यही समय महिनौँको बहस पछि, संसदले चाँडै ‘जनावरविरुद्ध मानव अधिकारको संरक्षण’ नामक विधेयकलाई अनुमोदन गर्न लागेको छ । कानुनमा देशभरका घरमा कुकुर, बिरालोजस्ता जनावर पाल्ने कार्यसमेत अपराध मानिने प्रावधान छ । प्रस्तावित कानुन अनुसार घरपालुवा जनावर पाल्न चाहनेहरूले त्यसबारे निर्ण