श्रीलंकाको सत्तारुढ राजापाक्षे परिवार अस्तित्वको लडाइँमा

दशकौंसम्म हिन्द महासागरको टापु राष्ट्रमा एक शक्तिशाली नेताको रूपमा रहेका राजापाक्षेको भाग्य अचानक परिवर्तन भएको छ। विगतको लामो गृहयुद्धलाई टुंग्याएकामा श्रीलंकालीका जनता राजपाक्षे परिवारलाई आदरपूर्वक हेर्ने गर्दथे तर त्यही परिवारका ७६ वर्षीय पूर्वप्रधानमन...

सम्बन्धित सामग्री

राजापाक्षे परिवार श्रीलंकाली मतदाताबाट अस्वीकृत !

काठमाडौं । राजापाक्षे परिवारबाट उम्मेदवार बनाइएका नमल राजापक्षे शनिबार भएको श्रीलंकाको चुनावमा धेरै मतान्तरले पछि परे । श्रीलंकाली राष्ट्रपति बनेका अनुरा कुमार दिशानायकेले २७ लाख कटाउँदा नमल राजापाक्षेको मत भने दुई लाख पनि पुगेको छैन । उनी पाँचौं स्थानमा पुगे । श्रीलंकाली अखबार डेली मिररका अनुसार नमलको मत १ लाख ६३ हजार ७३३ आएको छ […]

राजापाक्षेको आगमन राष्ट्रनायकको रूपमा, बहिर्गमन अपमानपूर्वक मुलुकबाट खेदिएर

तमिल विद्रोहीसँगको दशकौँ लामो रक्तपातयुक्त पृथकतावादी युद्धको सफल सैन्य समाधान निकालेर राष्ट्रिय हिरोका रूपमा उदाएका राजापाक्षे परिवार अपमानपूर्वक भागेर मुलुक छोड्न बाध्य भएको छ । श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षे माल्दिभ्स पलायन...

यसरी भयो राजापाक्षेको पतन

एजेन्सी, २९ असार । राजापाक्षे परिवारले लोकतन्त्रको उपहास गरे । उनीहरु चुनावमा बहुमत ल्याउँथे । तर, शासनमा परिवारवाद, नातावाद र कृपावादलाई प्रश्रय दिन्थे । यतिसम्मकी राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री देखि महत्वपूर्ण मन्त्रालय उनीहरुकै परिवारका सदस्यहरु थिए । राजापाक्षे परिवारको शासन जस्तो थियो श्रीलंकामा । श्रीलंकाको आर्थिक संकटको जिम्मेवार राजापाक्षे परिवार पनि मुख्य देखिए । जनताले अन्तमा […]

राजापाक्षे देश छाडेर भागे

एजेन्सी, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन् । उनी सैनिक विमान चढेर भागेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले राजापाक्षे भागेको खबर प्रकाशित गरेका छन् । उनका दाजु पूर्वअर्थमन्त्री बासिल राजापाक्षेसमेत भागेका छन् । राजापाक्षेका परिवार नै भागेका छन् । उनीहरु कुन देश गए भन्ने खुलेको छैन । श्रीलंकामा आर्थिक संकट भएपछि […]

आक्रोशित श्रीलंकाली जनता राष्ट्रपति भवनको पौडीपोखरीमा पौडन थालेपछि…

एजेन्सी, २५ असार । जब जनतामाथि अत्याचारले सीमा नाघ्छ तब सन्नाटा छाउँछ । शासकलाई लाग्न थाल्छ जनताले केही गर्न सक्दैनन् । उनीहरुले आँधी अघिको सन्नाटा बुझ्दैनन् र चालै नपाई जनविद्रोहको सुनामी आउँछ । श्रीलंकामा त्यस्तै भएको छ । आर्थिक संकटले टाट पल्टेको श्रीलंकामा राजापाक्षे परिवार जनआक्रोशको तारो बनेको छ । सुरुमा तत्कालनि प्रधानमन्त्री महीन्द्रा राजापाक्षे […]

श्रीलंका आर्थिक संकट- आन्दोलनकारीले निवास घेरेपछि राष्ट्रपति राजापाक्षे भागे

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे आन्दोलनकारीलाई छलेर भागेका छन् । मुलुकलाई आर्थिक संकटमा पुर्याएर परिवार पोसेको आरोप लगाउँदै आन्दोलनकारीले उनको निवास घेराउ गरेपछि त्यहाँबाट भागेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ । हालसम्मकै सबैभन्दा ठूलो सरकारविरोधी प्रदर्शन गर्न हजारौंको संख्यामा जम्मा भएका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न श्रीलंका प्रहरीले अँश्रुग्यास प्रहार गरेको […]

श्रीलङ्का : महिन्दा राजापाक्षे देश छोडेर भारत गए ? के भन्छन् छोरा ?

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि आन्दोलनमा हिंसा बढ्दै गएको छ । यसैबीच महिन्दा राजपाक्षेको परिवार देश छाडेर गएको अड्कलबाजी सुरु भएको थियो तर मंगलबार उनका छोराले आफ्नो परिवार श्रीलङ्कामा रहेको र देश नछोड्ने बताए ।महिन्दा राजापाक्षका छोरा तथा देशका खेलकुद मन्त्री नमल राजापाक्षेले एएफपी समाचार एजेन्सीलाई भने, ‘राजापाक्षे परिवारको देश छोड्ने कुनै योजना छैन । हामी देश छोडेर भाग्न लागेका छौँ भनेर धेरै किसिमका हल्ला फैलिए तर हामी देश छोड

श्रीलंका संकट : राजापाक्षेले लिए सेनाको शरण

श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएका छन् । देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन् । राजापाक्षे र उनको परिवारलाई हेलिकप्टरमा नौसेनाको आधारमा लगिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । राजधानी कोलम्बोबाट करिब २७० किलोमिटर टाढा रहेको नौसेना आधारबाहिर पनि विरोध प्रदर्शन भैरहेको जनाइएको छ ।आर्थिक सं

राजापाक्षेको पुर्ख्यौली घर जल्दा प्रदर्शनकारीको हर्षोल्लास (भिडियोसहित)

काठमाडौं- श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीको क्रुद्ध भीडले सत्तारूढ राजापाक्षे परिवार र केही सांसदहरूको घरमा आगो लगाइदिएका छन् । बीबीसीका अनुसार सरकार समर्थक प्रदर्शनकारीसँग झडप भएपछि सरकार विरोधी प्रदर्शनकारीले राजपाक्षे परिवार र केही सांसदहरूको स्वामित्वमा रहेको घरमा आगजनी गरेका हुन्  । प्रदर्शनकारीले दक्षिणी श्रीलंकाको हम्बनटोटामा हाल संग्रहालय बनाइएको राजपाक्षे परिवारको पुर्ख्यौली घरमा आगो लगाइदिएको बीबीसीले जनाएको […]

‘ऋणको जालो’मा फसेको श्रीलंकामा सत्तारुढ राजापाक्षे परिवार संकटमा

एजेन्सी, २२ चैत्र । श्रीलंकामा विदेशी ऋणको जालोले पारेको आर्थिक संकटले सत्ता डगमगाएको छ । त्यहाँको सत्तामा पकड बनाएको राजापाक्षे परिवार दशकपछि ठूलो संकटमा परेको छ । राष्ट्रपति गोटावाया राजापाक्षेको सत्तारुढ गठबन्धनले संसदमा बहुमत गुमाएको छ । ४१ सांसदले राजापाक्षेको दलबाट विद्रोह गरेका छन् । राष्ट्रपति राजापाक्षेको राजीनामा मागिएपनि उनले सत्ता नछाड्ने बताइसकेका छन् । […]