‘ऋणको जालो’मा फसेको श्रीलंकामा सत्तारुढ राजापाक्षे परिवार संकटमा

एजेन्सी, २२ चैत्र । श्रीलंकामा विदेशी ऋणको जालोले पारेको आर्थिक संकटले सत्ता डगमगाएको छ । त्यहाँको सत्तामा पकड बनाएको राजापाक्षे परिवार दशकपछि ठूलो संकटमा परेको छ । राष्ट्रपति गोटावाया राजापाक्षेको सत्तारुढ गठबन्धनले संसदमा बहुमत गुमाएको छ । ४१ सांसदले राजापाक्षेको दलबाट विद्रोह गरेका छन् । राष्ट्रपति राजापाक्षेको राजीनामा मागिएपनि उनले सत्ता नछाड्ने बताइसकेका छन् । […]

सम्बन्धित सामग्री

स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे

कोलम्बो – श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् । देश सबैभन्दा खराब आर्थिक संकटमा पुगेपछि देश छाडेर भागेका उनी सात हप्ता पछि शुक्रबार स्वदेश फर्किएका हुन्। राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राजापाक्षे विमानस्थलमा उत्रँदा उनलाई मन्त्रीहरू र राजनीतिज्ञहरूको समूहले भव्य स्वागत गरेको थियो । […]

देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे घर फर्कन इच्छुक

११ साउन, काठमाडौं । श्रीलंकाली सरकारका प्रवक्ता बान्दुला गुणबद्र्धनले पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे घर फर्कन इच्छुक रहेको बताएका छन् । अहिले सिंगापुरमा रहेका गोटाबाया श्रीलंका फर्कन इच्छुक रहेको तर कहिले फर्कने भन्ने टुंगो नलागेको उनले बताए । पत्रकारसँग बान्दुलाले भने, ‘मेरो जानकारीमा भए अनुसार उहाँ स्वदेश फर्कन इच्छुक हुनुहुन्छ ।’ देश आर्थिक संकटमा फसेपछि नागरिकले […]

श्रीलंका संकटः सेना प्रमुखले खोजे जनताको साथ

चरम आर्थिक संकटमा फसेको श्रीलंकामा सत्तासँग आक्रोशित सर्वसाधारणले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएपछि राजनीतिक संकटसमेत चुलिएको छ। शनिबार राजधानी कोलम्बोमा भएको विशाल प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले राष्ट्रपतिको सरकारी निवास नियन्त्रणमा लिएका थिए। राष्ट्रपति गोटावाय राजापाक्षे सरकारी निवास छाडेर सुरक्षित स्थानतर्फ भागेका छन्। उनी कहाँ छन् भन्ने सार्वजनिक नभए पनि सेनाको मुख्यालयमा हुनसक्ने बताइएको छ। प्रदर्शनकारीको मागबमोजिम […]

प्रदर्शनकारीहरुले भवन घेरेपछि राष्ट्रपति गोतबाया वेपत्ता

चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाको समस्या समाधानमा कुनै चासो नदिएको भन्दै शनिबार प्रदर्शनकारीहरुले राष्ट्रपति भवन घेरेपछि राष्ट्रपति गोतबाया राजापाक्षे भाग्नुभएको समाचार छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले श्रीलंकाली सुरक्षा निकाय स्रोतलाई उदृत गर्दै लेखेको समाचारमा राष्ट्रपति भवनलाई प्रदर्शनकारीहरूले घेरेर प्रवेश गरेसँगै राष्ट्रपति राजापाक्षे घरबाट भाग्नुभएको हो । श्रीलंकाकै समाचार पत्र डेली मिररले पनि प्रदर्शनकारीहरू राष्ट्रपतिको …

श्रीलंका आर्थिक संकट- आन्दोलनकारीले निवास घेरेपछि राष्ट्रपति राजापाक्षे भागे

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे आन्दोलनकारीलाई छलेर भागेका छन् । मुलुकलाई आर्थिक संकटमा पुर्याएर परिवार पोसेको आरोप लगाउँदै आन्दोलनकारीले उनको निवास घेराउ गरेपछि त्यहाँबाट भागेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ । हालसम्मकै सबैभन्दा ठूलो सरकारविरोधी प्रदर्शन गर्न हजारौंको संख्यामा जम्मा भएका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न श्रीलंका प्रहरीले अँश्रुग्यास प्रहार गरेको […]

‘ऋणको पासो’ मा परेको श्रीलंकामा सरकारविरोधी प्रदर्शन चर्कियो

एजेन्सी, २० वैशाख । आर्थिक संकटमा परेको श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन चलिरहेको छ । सोमबार २४औं दिन पनि राष्ट्रपतिको सचिवालय बाहिर प्रदर्शन चलेको हो । सदनमा सरकारविरुद्ध अविश्वासको प्रस्तावको विषय उठिरहेको छ । योसँगै त्यहाँ प्रदर्शन चर्किएको छ । प्रदर्शनमा हजारौं सहभागी हुने गरेका छन् । उनीहरुले राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको राजीनामा माग्दै […]

विक्रमासिंघे भन्छन्- 'राजापाक्षे सरकारका कारण श्रीलंका गम्भीर संकटमा डुब्यो'

श्रीलंकाका पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेले वर्तमान सरकारले देशलाई गम्भीर आर्थिक र राजनीतिक संकटमा डुबाएको आरोप लगाएका छन् । साथै यस सरकारले वित्तीय चुनौतीहरूको सामना गर्न असमर्थ रहेको उनको भनाइ छ ।