अनुमति पाएजति तीन सय ६४ मेगावाट विद्युत् भारत निर्यात सुरु

नेपाल विद्युत् प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् तीन सय ६४ मेगावाट विद्युत् शुक्रबारबाट भारत निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)...

सम्बन्धित सामग्री

भदौमा दुई अर्ब ४२ करोडको विद्युत् भारत निर्यात, थप सय मेगावाट निर्यात प्रस्ताव

काठमाडौँ । चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा दुई अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौमा निर्यात गरी दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । प्राधिकरणले देशभित्र खपत […]

झण्डै तीन महिनामा ६ अर्ब बराबरको बिजुली भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै ६ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ। हाल दैनिकरुपमा करिब ३ सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ। थप ६ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ।...

एकैदिन झन्डै साढे सात करोडको विद्युत् भारत निर्यात

काठमाण्डाै - नेपालले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि भारत निर्यात गर्न थालेको छ । गएरातिदेखि मध्य मर्स्याङ्दीसहित पाँच वटा आयोजनाको ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए । नेपाली विद्युतले भारतीय बजारमा भाउ पनि राम्रो पाइरहेको छ। गएराति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि प्रतियुनिट औसत भारतीय छ रुपैया...

दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात

नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज  (आईआईएक्स)मा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।बुधबार रातिदेखि बिहीबार मध्यरातसम्म छ हजार आठ सय मेगावाट घण्टा निर्यात हुने भएको छ । नेपालको बिजुलीले महँगो मूल्य पाइरहेको छ । बुधबार मध्यराति १२ बजेदेखि बिहीबार मध्य रातिसम्मका लागि प्रतियुनिट औसत भारतीय छ रुपियाँ ८८ पैसा (११ रुपियाँ नेपाली)मा बिक्री भएको ह

भारत निर्यात हुन थाल्यो बिजुली

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार अहिले बिजुलीको कुल माग (पिक डिमान्ड) एक हजार ६ सय ४३ मेगावाट छ । यो माग बेलुकी र बिहानको समयको हो । दिनभर र रातभर यो परिमाणमा माग हुँदैन । माग घट्दै जाँदा उत्पादित बिजुली खेर जान्छ । त्यही समस्याको समाधानका लागि प्राधिकरणले देशभित्र बढी भएको बिजुली भारत निर्यात गर्न थालेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बुधवार मध्यरातदेखि नुवाकोटमा आयोजनास्थल रहेका दुई जलविद्युत् आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात भएका ...

नेपालबाट ५६ मेगावाट विद्युत् भारत निर्यात, आयात २३ मेगावाटमा झर्‍याे

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात हुने बिजुलीको मात्रा घटाउँदै निर्यात बढाउन थालेको छ । प्राधिकरणको भार प्रेषण शाखाका अनुसार अस्ति सोमवार नेपालले भारतमा ५६ मेगावाट बिजुली निर्यात गरेको छ । त्यसै दिन जम्मा २३ मेगावाट आयात भएको थियो । आज ५० मेगावाट निर्यात भइरहेको छ भने ३३ मेगावाट आयात भइरहेको छ । नेपालले २०७५ सालदेखि इनर्जी बैंकिङमार्फत भारतमा बिजुली पठाउन थालेकोमा यो अहिलेसम्मकै धेरै परिमाणको निर्यात भएको प्राधिकरणले जनाएको छ । यसअघि गएको असारसम्म पनि भारतबाट अधिकतम दुई सय मे...